Aamsanchar

सर्पले डसेर सीताको मृत्यु

Author Image
मङ्गलवार, जेठ ४, २०७३

sarpa
झापा
झापाको धुलावारी–२ निवासी २५ वर्षीया सीता श्रेष्ठ अधिकारीको सर्प दंशका कारण मृत्यु भएको छ ।
शनिवार सााझ खाना पकाउन भान्सामा जाने क्रममा उनलाई सर्पले डसेको सीताका दाजु पदम श्रेष्ठले जानकारी दिनुभयो ।
सर्प दंशबाट घाइते बनेकी उनलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको र भ्यान्टिलेटर अभाव भएपछि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पुर्‍याइएको थियो ।
हस्पिटलमा उनको सोमबारराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । श्रेष्ठलाई गोमन प्रजातिको विषालु सर्पले सडेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)