Aamsanchar

तपाईलाई थाह छ, झापा कस्तो छ ?

Author Image
मङ्गलवार, जेठ ४, २०७३

jamun

झापा जिल्ला   नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्।मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिकाकाकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमाकन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदी भनेरकनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।

जिल्लाको नामाकरण

पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो। पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद गाविस अन्तरगत पर्ने झापा गाउँमा सारियो जुन गाउँ हाल पनि कुमरखोद गाविसमा झापा बजार नामले चिनिन्छ। तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला)को नाम झापा रहन पुग्यो। झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र शताब्दीऔं देखि वन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाई रहिआएको छ।

भौगोलिक विभाजन

  • अक्षांश:- २६.२०” देखि २६.५०” उत्तर
  • देशान्तर:- ८७.३९” देखि ८८.१२” पूर्व
  • सिमाना:- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत
  • क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
  • उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।

नेपालको चित्रमारातो चिन्हमा झापा जिल्ला

ऐतिहासिक पृष्ठभूमि

पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ र झापामा सेन वंशको राज्य थियो। सन् १७७३ मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे। त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन् १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँतको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो। सन् १७८३ मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउँ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४ मा अङ्ग्रेजले बिराटनगररङ्गेलीबीच पर्ने ‘धनपुर’ भन्ने स्थान र झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यताबस १८१६ मार्च ४ मा सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।

हावापानी

यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको र न्यून्तम तापक्रम ८ डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।

जिल्लाको प्राकृतिक विभाजन

उत्तर तर्फको भिरालो प्रदेश वा भावर प्रदेश

जिल्लाको उत्तरी भागमा चुरे क्षेत्रबाट वग्ने नदी र खोलानालाहरूले वगाएर ल्याएको वलौटे माटो पाइन्छ। जसलाई भावर क्षेत्र पनि भनिन्छ। उक्त क्षेत्रमा बाहुनडाँगी, शान्तिनगर, बुधबारे खुदुनावारी, सुरुङ्गा,सतासीधाम, धरमपुर, तोपगाछीलखनपुर गाविस तथा दमक नगरपालिकाहरू पर्दछन्। यस प्रदेशमा औषत न्युनतम तापक्रम ५.७ डिग्री सेल्सियस मंसीर तथा पौष महिनामा र सबै भन्दा वढी औषत तापक्रम ४० डिग्री सेल्सियस जेष्ठ तथा असार महिनामा हुन्छ।

दक्षिणको तराई प्रदेश

भावर प्रदेशमा आएर सुकेका नदीहरूले यहाँका तटवर्ती जग्गालाई सिञ्चित गरेको छ। यस भेगको माटो मलिलो छ र यो प्रदेशले ६५ प्रतिशत भूभाग ओगटेको पाइन्छ। नेपालको सबै भन्दा होचो भूभाग केचनाकवलसमेत यसै क्षेत्रमा पर्दछ। यहाँको तापक्रम मध्यम पाइन्छ जहाँ वढीमा ४० डिग्री सेल्सियस र घटीमा ०.० डिग्री सेल्सियस हुन्छ। पूर्वबाट आउने मनसुनी हावा महाभारत पर्वत श्रृङ्खलामा ठक्कर खाएर यहाँ मनसुनी वर्षा हुन्छ। सबै भन्द बढी वर्षा असार श्रावण र भाद्र महिना र कम वर्षा मंसिर महिनामा हुन्छ। यहाँ वर्ष भरीमा औषत २७१.७५ मिलिमिटर वर्षा हुन्छ। मेची, निन्दा, बिरिङ, कन्काई, रतुवा र मावा यस जिल्लाका प्रमुख नदीनालाहरू हुन। मेची नदी नेपालको पूर्वी सीमाना पनि हो भने मावा खोला यस जिल्लाको पश्चिम सिमाना रहेको छ। धार्मिक महत्व समेत भएको जिल्लाको सबै भन्दा ठूलो कन्काई नदी जिल्लाको बिच भागबाट बगेको छ। प्रायः सबै नदी नालाहरूको उद्गम स्थल महाभारत पर्वत श्रृङ्खला रहेको छ। ती नदीनालाहरू जिल्लाको धेरै भू-भाग सिंचित गर्दै भारतको बिहार राज्य तर्फ बग्दै गएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 719

प्रतिक्रिया (०)