Aamsanchar

शान्ति समितिमा ४२ उजुरी

Author Image
बिहिवार, जेठ ६, २०७३

bepatta

 

भोजपुर ।

स्थानीय शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा पाँचवटा उजुरी परेका थिए ।

त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा ३७ वटा उजुरी परेको स्थानीय शान्ति समिति भोजपुरका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सचिव श्रेष्ठका अनुसार बेपत्ता सम्बन्धमा आगामी जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ ।

त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा असार २ गतेसम्म उजुरी दिन सकिने भएको छ । गत वैशाख २ गतेदेखि भोजपुरमा उजुरी लिन थालिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)