Aamsanchar

भद्रपुरमा जिल्ला स्तरीय फुटबल

Author Image
बिहिवार, जेठ ६, २०७३

DSC00169

भद्रपुर ।
भद्रपुर गोल्डकपको पूर्व तयारीका साथ झापाको भद्रपुरमा प्रथम भद्रपुर कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता विहिवारदेखि सुरु भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाली काग्रेसका झापा सभापति उद्धव थापा र झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले संयुक्त रुपमा गरेका थिए

उद्घाटन खेलमा विभागीय टिम एपीएफ दमक विजयी भएको छ । भद्रपुर उमाविको खेल मैदानमा जलथल ११ लाई शुन्यको विरुद्ध एक गोल गर्दै एपीएफ दमक क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफ सकिन थपिएको १ मिनेटको अतिरिक्त समयमा एपीएफका जर्सी नम्बर ९ का हरि कार्कीले एक गोल गरेका थिए । कार्कीले गरेको गोलनै खेलमा निर्णायक गोल हुन पुगे । खेलको म्यान अफ द म्याच एपीएफका गोलकर्ता कार्की घोषित भएका थिए । शुक्रवार हुने खेल शनिश्चरे र विशालपुर पृथ्वीनगर विच प्रतिष्पदार्त हुने आयोजक समितिका पवन श्रेष्ठले जानकारी दिए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ झापा क्षेत्रीय समिति समितिका अध्यक्ष कविन राईको सभापतित्व तथा नेपाली काग्रेस झापाका सभापति थापाको प्रमुख आतिथ्यमा भएको उदघाटन खेलमा नेपाल लोकतान्त्रि खेलकुद संघका झापा अध्यक्ष मनोज सुब्बाले जेठ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा झापा क्षेत्र ३ सहित १४ वटा टिमले सहभागीता जनाएको बताए । ३ लाख १८ हजार ७ सय ५० रुपैया अनुमानित खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद ३१ हजार र उपविजेता टिमलाई २१ हजार सहित ट्रफी, शिल्ड तथा प्रमाणपत्र वितरण गरिने अध्यक्ष सुब्बाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर