Aamsanchar

मिक्सेन प्रथम

Author Image
बिहिवार, जेठ ६, २०७३

miksen f
इटाभट्टा । ‘प्रतिभा पहिचान’ कार्यक्रमअन्तर्गत स्रोत केन्द्रस्तरीय नृत्य प्रतियोगितामा बालकल्याण मावि मेचीनगरकी मिक्सेन लावती प्रथम भएकी छिन् ।
शिक्षा कार्यालय झापाको निर्देशनअनुसार कााकरभिट्टा स्रोत केन्द्रको आयोजनामा भएको प्रतियोगितामा १९ वटा विद्यालयलाई पछि पार्दै मिक्सेन प्रथम भएकी हुन् । ले हरेक स्रोत केन्द्रमा सञ्चालन गरेको उक्त प्रतियोगिता अन्तरगत कााकरभिट्टा स्रोत केन्द्रमा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मिक्सने अघिल्लो वर्ष समेत स्रोत केन्द्रबाट छनौट भएर जिल्ला स्तरीय प्रतियोगितामा दोस्रो भएकी थिइन् ।
किराात याक्थुङ चुम्लुङको हलमा सम्पन्न प्रतियोगितामा कााकरभिट्टा उमाविकी दिपिका सुनुवार दोस्रो, सेन्ट पल्स बोडिङ स्कुलकी साइरा राई तेस्रो र धुलाबारी उमाविकी कुशुम राजवंशी सान्तवना भएका छन् । उनीहरूलाई प्रमाण पत्र, डिस्नेरी, कपि र डटपेनसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरूले शुक्रवार चन्द्रगढीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।
कार्यक्रमका प्रमुख अतिथि उद्धव विष्टले विद्यार्थीको प्रतिभाको पहिचान गरी बाहिर ल्याउनका लागि सम्बिन्धि विद्यालयहरूलाई आग्रह गरे ।
स्रोत प्राचार्य हेमकुमार खड्को सभापतित्व तथा सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, चन्द्रगढी स्रोत केन्द्रका स्रोत व्यक्ति प्रेम भुजेल, एभ्रेष्ट बोडिङ स्कुलका प्रिन्सिपल बिनोद बुढाथोकीलगायतलको उपस्थिति रहेको थियो । स्रोत व्यक्ति लोकबहादुर दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियााले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर