Aamsanchar

गोदामबाटै अलैँची चोरी

Author Image
शुक्रवार, जेठ ७, २०७३

alaichi

 

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराति गोदामबाटै तीनबोरा अलैँची चोरी भएको छ ।

ताप्लेजुङ नगरपालिका–४ मा पर्ने तोक्मे बजारस्थित गणेश सेनेहाङको घर गोदाममा अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका पूर्वअध्यक्ष खड्क मोक्तानले थन्क्याएर राखेको अलैँची चोरी भएको हो ।

गोदामको चाबी मिलाएर राति नै चोरी भएको मोक्तानले बताउनुभएको छ । उहाँका अनुसार तीन बोरामा १८० किलोग्राम तौल हुन्छ । चोरी भएको बिहान मात्रै थाहा पाएपछि प्रहरीलाई खबर गरिएको मोक्तानले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलयका अनुसार चोरी गर्नेको खोज अनुसन्धान भइरहेको छ । अहिलेको बजार भाउमा उक्त परिमाणको अलैँचीको मूल्य रु तीन लाख ६० हजारभन्दा बढी पर्न आउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर