![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौँ।
सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उहाँले बताउनुभयो ।
“सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ र तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ,”– सञ्चारमन्त्री राईले भन्नुभयो ।
सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, परिहोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर ( करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)