Aamsanchar

जसले ढोड बालेर पढे

Author Image
शनिवार, जेठ ८, २०७३

gokul

[एकराज गिरी ]
सन्दर्भ : गोकुल जोशी स्मृति दिवस
भौतिक रुपमा आज हामी माझ नभए पनि जीवनकालमा गरेको योगदानले गोकुल जोशी सबैमाझ साधैका लागि जीवन्त छन् । जीवनभर मानवता र मुक्तिका लागि संघर्षशील जनकवि गोकुलको स्मृति ताजै रहनुको एउटै कारण हो– उनका जीवन्त कार्यहरु । मानव जीवनकाल अझ उमेर छादै समाज, राष्ट्र र नागरिकको हितमा उत्कृष्ट कार्य गर्न सकेमात्र इतिहासमा उनको स्थान उच्च रहन्छ भन्ने ज्वलन्त उदाहरण हुन्– गोकुल जोशी । तिनै गोकुल जोशी जसले देश र जनताको निम्ति जीवन अर्पण गरे, भौतिक शरीर अन्त्य भएको आधा शताब्दी पार हुादा पनि उनको चर्चा कम छैन बरु चुलिएको छ । प्रत्येक मानव गोकुल जोशीको जीवन पढ्न र सिक्न लालायित छ ।
तनहु जिल्लाको राइपुर खोलाखेत गाउाका आर्थिक रुपले विपन्न कृषक परिवारकी मनरुपा र हरिलाल पोखरेलको सन्तान बनेर विक्रम सम्वत् १९८७ सालमा जन्म लिएको गोकुल पछि ‘जोशी’ भए । उनी जोशिला, खरो स्वभावका थिए, अनि नामको पछाडि आफैंले पोखरेल नलेखेर जोशी लेख्न थालेको अध्ययनबाट थाह पाउन सकिन्छ । जोसिलो साहित्य लेख्ने, खरो कुरा गर्ने अनि संघर्षको जोसले भरिएको उर्जाशील व्यक्तिको रुपमा परिचय स्थापित थियो गोकुलको । ‘जोशी’ लाई थर, जात बुझाउने शब्दको रुपमा हेरिए पनि त्यो गोकुलको उपनाम हो ।
गोकुलले समाजका विविध क्षेत्रमा योगदान पुर्‍याएका छन् । शिक्षा क्षेत्रमा उनको प्रयास र योगदान अनुकरणीय छ । तर, त्यसको चर्चा अघि स्वयम् उनको कष्टप्रद विद्यार्थी जीवन बुझ्न पर्ने हुन्छ । आफू ६ बर्षको छादै पिता गुमाएका गोकुलले जीवनमा अत्यन्तै दु:ख व्यहोर्नु परेको थियो । तीन दिदी र दुई दाजुपछि गोकुल जन्मिएको केही बर्षमै परिवारको मूली बितेपछि एक्ली आमाको कााधमा ठूलै जिम्मेवारी थियो । बिपन्न आर्थिक अवस्थाबीच परिवारमा घाास दाउरा गर्ने, मेलापात जाने, नून खेप्ने जस्ता काम गरेर सघाउाथे । परिवारको अवस्था, त्यतिबेलाको जमाना, दु:खै दु:खको दैनिकीका बीच पढ्ने लेख्ने कुरा त परैको थियो फेरि राईपुर गाउामा स्कूलै पनि त थिएन । पढ्न कि काठमाडौं कि त पोखरा पुग्नुपर्ने बाध्यता, त्यति टाढा पठाएर उनलाई पढाउने परिवारको अवस्था मुख्य बाधक थियो । त्यो परिस्थितिमा उनले गाउाकै लक्ष्मीप्रसाद भट्टराई र मसिने पण्डितबाट धुलौटेपाटी र खरीका भरमा क, ख सिक्न थालेका थिए । ‘सुखार्थीलाई विद्या कहाा, विद्यार्थीलाई सुख कहाा ? सुख चाहन्छौं भने विद्या छोड, विद्या चाहन्छौं भने सुख छाड’– चाणक्यको यो वाणी सायद गोकुलले मनन् गरेका थिए ।
त्यहीबेला ज्ञानेन्द्र नामका एक जना विद्वान् त्यस गाउाको नजिक देउराली डााडामा गाउालेको सहयोगमा आश्रम बनाएर साधुको रुपमा बस्न थाले । साधुले गाउाका केटाकेटी भेला गरी रुद्री, चण्डी पढाउन थाले, त्यहाा गोकुलले पनि केही समय पढेको बताइन्छ । दिउासो काम गर्नुपर्ने र राति पढ्नुपर्ने उसबेलाको परिस्थिति । बत्तीमा हाल्ने मट्टितेल किन्ने पैसा नहुादा ढोड बालेर त्यसको उज्यालोमा पढ्थे गोकुल । कहिले कााही साथीहरुले बत्ती बालेर पढेको ठाउामा उनी पनि बसेर पढ्न खोज्थे । त्यसो गर्दाको एउटा रोचक र मार्मिक प्रसङ्ग आज पनि सुन्न सकिन्छ । साथीहरुले भन्थे रे–‘हामीले पैसा हालेर किनेको बत्तीको उज्यालोमा तालाई पढ्न दिादैनौं । हामीसाग पढ्ने भए ता मट्टितेल किन्ने पैसा हाल् ।’ अनि गोकुलको जवाफ हुन्थ्यो रे– ‘बत्ती बालेको ठाउामा तिमीहरु नै पढ । तिमीहरुको ढोकाबाट छिरेर खेर गएका उज्यालोमा बाहिरै बसेर त पढ्न पाउाछु कि ।’ यसबाट प्रष्ट हुन्छ कि प्रतिकूल परिस्थितिकाबीच पढाई प्रति उनको व्यग्र चाहना र प्रयास ।
परिवारको आर्थिक अवस्थाले भारत गई पैसा कमाउनुपर्ने बाध्यता थियो । भारत गएर गोर्खा पल्टनमा काम गर्न थाले उनी । कामकै सिलसिलामा त्यहीं विद्यालय पढ्न थालेको पाइन्छ । बम्बैमा त्यहााको रात्री विद्यालयमा ६ महिना पढे भने उनले भारतको विभिन्न ठाउामा नोकरी कै क्रममा माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका थिए । अन्य ज्ञान उनले स्वअध्ययनबाट प्राप्त गरेको देखिन्छ भने प्रगतिवाद फााटका सुप्रसिद्ध चिन्तन तथा बिचारक श्यामप्रसादबाट प्रगतिवादी शिक्षा दीक्षा र माक्र्सवादी दर्शन पाएको बताइन्छ ।
पुस्तक पढ्न र पुस्तकालय जान रुचाउने गोकुललाई हिन्दी, अंग्रेजी, पञ्जाबी, बङ्गला, गुजराती, मराठी, तमिल भाषामा अल्पज्ञान भएको अध्ययनका क्रममा भेटिन्छ । विद्वान्का कुरा ध्यानपूर्वक सुन्ने र केही नयाा सिक्ने कला थियो उनमा । पढ्ने कार्यमा साधै ध्यान दिने उनी विद्वान्हरुको सम्पर्कमा बराबर रहने गरेको समेत पाइन्छ । भाषा व्याकरणमा पनि राम्रो दखल भएका गोकुलमा बिचार, दर्शन र कृतिको अध्ययनबाट यो पनि पुष्टि हुन्छ कि अध्ययन गर्ने अवसर नपाउादा पनि उनले निकै ज्ञान आर्जन गरेका थिए ।
‘अधुरो छ श्रृङ्गार पनि विना प्रयोग हारको, शिक्षा नै हो पहिलो गहना यहाा स्रोत श्रृङ्गारको’ भन्ने कुरा राम्रैसाग बुझेका गोकुलले संघर्षपूर्ण ढंगले शिक्षा आर्जनमात्र गरेनन् आफूले जस्तो कसैले भोग्नु नपरोस् भन्ने भावनाले शिक्षा सेवामा उत्कृष्ट कार्यहरु गरेका छन् । शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् र कसैले पनि अशिक्षित भएकै कारण भरीया जीवन निर्वाह गर्नु नपरोस् भन्ने गोकुलको भावना उनको कामबाट पनि प्रष्ट हुन्छ ।
शिक्षा सेवाका क्रममा उनी शिक्षक नै बने । झापाको घैलाडुब्बास्थित आदर्श माध्यमिक विद्यालयमा उनले बालबालिकालाई केही समय पढाएको पाइन्छ । उता केही शिक्षाप्रेमीको सहयोगमा आफ्नो जन्मथलो राईपुर छेउको सालडााडामा भोजप्रकाश प्राथमिक विद्यालय खोलेर बालबालिका भेला गरी पढाएको पनि खोज अनुसन्धानबाट पुष्टि भएको छ । त्यहाा पढाउादा उनले पाठ्यपुस्तकभित्रका पाठका साथै आफैंले रचना गरेका चेतनामूलक गीत कविता पनि पढाउने गर्दा रहेछन् । उनका ती कविता शिक्षा कै महत्वका बारेमा हुादा रहेछन् । ती मध्येकै एउटाको सानो अंश यस्तो रहेछ–
शिक्षाको आाखा नखुलेसम्म देखिन्न सिर्जना
जानेर मर्ने इच्छाको मीठो मेटिन्न तिर्सना
कोदाको रोटी नुनको ढिको मिलाई टोकेको
छोराले अब बोक्दैन डोको बाबुले बोकेको ।
यो भावनाबाट पनि प्रष्ट हुन्छ– शिक्षाप्रतिको उनको सचेत र दुरदृष्टि । वर्तमानको यथार्थ कवितामा खिचेर शिक्षा लिन सन्ततिलाई प्रेरित गर्ने उनको भावनाको मूल्य बुझ्नैपर्छ । भाषाविद् बालकृष्ण पोखरेलले एक ठाउामा भनेका छन्– गोकुल आफंैमा अत्यन्त अध्ययनशील थिए । पोखरेलको घरमा बस्दा समेत उनका केटाकेटी पढाइदिएबाट गोकुल जिम्मेवार, चिन्तनशील अनि कर्तव्यपरायण शिक्षासेवी थिए यथार्थ प्रष्ट हुन्छ । ‘जसले विद्या पढेर पनि विद्याको प्रयोग गर्दैन भने त्यो किताब बोकाइएको भारवाहक पशु हो’ भन्ने शेख सादीको भनाइबाट पनि प्रेरित देखिन्छ गोकुलको शिक्षासेवी व्यवहार ।
अत्यन्त अप्ठ्यारो परिस्थितिको सामना गर्दै हिंडेका गोकुल जोशी समाजमा चेतना जगाउने काममा आजीवन लागीरहे । आफ्नो जन्मस्थान राईपुरमा विद्यालय खोल्ने काम गर्नुका साथै घैलाडुब्बामा पनि साना बालबालिकालाई पढाउने काम गरेको भनी शिक्षासेवीको रुपमा गोकुललाई सम्झन्छन् झापाका अग्रज पत्रकार मदन ढकाल । ‘शिक्षा हासिल गर्नुपर्छ भन्ने अग्रज चेत भएका उनले औपचारिक शिक्षा ग्रहण गर्न नसकेपनि अरुलाई शिक्षा दिनुपर्छ, अझ बढी नारीवर्गलाई शिक्षित बनाएर सशक्त रुपमा समाजमा उभ्याउनुपर्छ भन्ने धारणा राखेका थिए’– अग्रज पत्रकार ढकाल गोकुलबारे भन्छन्– ‘बाल्यकालमै मैले देखें, उनका गीत सुनें, तर त्यतिबेला उनलाई बुझ्न सकिन । तर उनी अहिले बुझ्दा उर्जाशील शिक्षासेवी पो रहेछन् ।’
१३/१४ बर्षको उमेरमा आर्थिक अवस्था कमजोर भएकै कारण बाध्यतवश घर छोडेर भारत पसेका गोकुल झण्डै सातबर्षको बसाइपछि २००८ सालमा नेपाल फर्केर शिक्षा सेवामा अनवरत लागेको देखिन्छ । त्यस्ता होनाहार ब्यक्तित्व भौतिक रुपमा यो लोकमा लामो समय रहन सकेनन् । २०१८ साल असार ४ गते झापाको घैलाडुब्बामा उनले आफ्नो जीवन उत्सर्ग गरे । बिरीङ नदीमा भएको अन्त्येष्टीका क्रममा शिक्षक, विद्यार्थी, समाजसेवी नै उल्लेख्य मात्रामा मलामीको रुपमा उपस्थित थिए । साहित्य, शिक्षा, समाजसेवामा जीवनभर क्रियाशील उनी धन कमाउन र घर बनाउन कहिल्यै लागेनन् । बिहेसमेत गरेनन् । उनको ब्यक्तित्व बुझेकाहरुले उनलाई सच्चा शिक्षासेवी, महात्मा, ठूला त्यागी र जनताका इमान्दार कवि भनी विश्लेषण गरेका छन् । क्रान्तिकारी नेता टंकप्रसाद आचार्यले गोकुल बितेको १२ बर्षपछि २०३० साल कात्तिक १४ गते व्यक्त गरेको यो उद्गार उनको परिचयसागै आज पनि मननीय छ–‘जनकवि गोकुलको निष्काम सेवा कहिल्यै बिर्सन सकिादैन । मलाई विश्वास छ, उहाको गौरवमय उज्ज्वल जीवनले आउादो पुस्तालाई युगयुगसम्म प्रेरित गरिरहनेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)