Aamsanchar

छोरीको बिहेबारे राजवंशी समुदायमा चिन्ता

Author Image
शनिवार, जेठ ८, २०७३

bihe
बिर्तामोड।
हुर्किएकी छोरीलाई विवाह गर्ने केटा पाउन छाडेपछि राजवंशी समुदायका अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।
छोरीलाई उच्च शिक्षा दिए पनि विवाह गर्ने वेलामा योग्य केटा नपाउने र पाएपनि लाखौं रुपैयाा वरावरको दाइजो दिनुपर्ने चलनबाट अभिभावकहरु चिन्तित बनेका हुन् । पढेलेखेका राजवंशी युवाले अन्तरजातीय विवाह गर्न थालेपछि राजवंशी युवतीलाई जोडी खोज्न समस्या भएको गरामनी – ८ निवासी इन्द्रसिंह राजवंशीले बताउनुभयो । जातीय परम्परा अनुसार विवाह गर्न खोज्ने युवाले पनि मोटरसाइकल सहित मोटो रकम दाइजो माग्न थालेपछि विवाहका लागि समस्या हुने गरेको उहााले बताउनुभयो । छोरीलाई उच्च शिक्षा प्रदान गरेर दक्ष बनाएपनि विवाह गर्ने समयमा दाइजोको रुपमा मोटो रकम माग्ने गरेकाले समस्या हुने गरेको बताउनुभयो । आफ्नो समुदायका किशोरीको विवाह गर्ने समयमा शिक्षा र उमेर नमिल्दा पनि विवाह भएपनि पारिवारिक वेमल हुने गरेको बताउनुभयो ।
राजवंशी समुदायमा बढ्दै गएको त्यस प्रकारको सामाजिक विकृतिका विरुद्धमा राजवंशी महिला समाजद्वारा शुक्रवारदेखि बिर्तामोडमा आयोजित दुई दिने महिला हिंसा सम्वन्धि प्रशिक्षणमा बोल्दै सहभागीहरुले यस्ता चिन्ता व्यक्त गरेका हुन् ।
हिंसा न्यूनीकरणका लागि महिलालाई शसक्त र चेतनशील बनाउन आयोजित प्रशिक्षणमा झापा र मोरङका ५० जना राजवंशी महिलाको सहभागीता रहेको छ । घरेलु हिंसा र सामाजिक विकृति विरुद्ध अधिवंक्ता लक्ष्मी खनाल कोइरालाले कानूनी व्यवस्थाको वारेमा जानकारी गराउदै सबै महिलालाई सजग रहन आग्रह गर्नुभएको थियो । राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकारचन्द्र राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ ममता घिरैया राजवंशी,नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडका सह सचिव उदय गुरुङ, महासंघका भद्रपुर नगर अध्यक्ष सन्तोष राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष रामकुमार राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी लगायतले बोल्नुभएको थियो । आयोजक संस्थाकी अध्यक्ष नवीना राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत देवीका राजवंशी र सञ्चालन सनम राजवंशीले गर्नुभएको समाजकी सदस्य पूर्णिमा राजवंशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर