Aamsanchar

वी क्यान एफसीलाई उपाधि

Author Image
आइतवार, जेठ ९, २०७३

winner we can fc final

झापा ।
दोश्रो कााकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताको उपाधि वी क्यान फुटबल क्लबले जितेको छ । वी क्यानले हेल राइडर फुटबल क्लबलाई फाइनलमा ३–१ गोल अन्तरले पराजित गर्दै कााकरभिट्टा फुटबल टेनिङ्ग सेन्टरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसागै वी क्यानले ५० हजार रुपैयाासाग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कााकरभिट्टा खेलमैदानमा भएको खेलमा विजता वी क्यानका जर्सी नम्बर १७ का एञ्जल गुरुङ्गले २ तथा १० जर्सी नम्बर १० का भिक्टर एमोबीले १ गोल गरे । हेल राइडरका जर्सी नम्बर २ का सुरज मगरले सान्त्वना गोल फर्काएका थिए । उपविजेता हेल राइडरले २५ हजार रुपैयाासाग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । १५ हजार रुपैयाा पुरस्कार राशी रहेको तेस्रो स्थान ह्वाइट डेमोनको पोल्टोमा परेको छ । फाइनलको म्यान अफ दि म्याच एञ्जल गुरुङ्ग भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक जीवन गुरुङ्ग भए । उत्कृष्ट डिफेन्डर सञ्जोक राजबोक, उत्कृष्ट फरवार्ड आदित्य कार्की, सर्वाधिक गोलकर्ता बिकेश लिम्बू कुस्ती, उदयमान खेलाडी दिनेश मुर्मू, उत्कृष्ट प्रशिक्षक उमेश थापा र उत्कृष्ट म्यानेजर भाष्कर आचार्य भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी वी क्यानका एञ्जल गुरुङ्ग भएका छन् ।
कााकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय कााकरभिट्टाका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारी, कााकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग र अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ फुटबल प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष भगिरथ आले मामाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल तरुण दलका झापा सभापति गोपाल तामाङ्ग, नाइट चेस क्लबका अध्यक्ष शेरबहादुर बस्नेत सुन्दर, अठोट नेपालका उपाध्यक्ष नरेन्द्रकुमार गुरुङ्ग, सशस्त्र प्रहरी बलका डिएसपी प्रेम भण्डारी, विराट क्षेत्र पर्यटन तथा विकास समितिकी सदस्य मीना उप्रेती, क्यासिनो महाजङ्गका प्रतिनिधि सजित तामाङ्ग, नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्री, गोलनेपाल डटकमका सीइओ विक्रम थापा, राजु महर्जन, बाबुराम बिष्ट, राजकुमार श्रेष्ठ, जगत गुरुङ्ग, अर्जुन कार्की, भद्रमाया बस्नेत, तिलक गुरुङ्ग, खगेन्द्र उप्रेती, प्रदिप बस्नेतलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेको प्रचारप्रसार संयोजक रोशन काफ्लेले जनाएका छन् । दोस्रो पुरस्कार कााकरभिट्टा भेट्रान फुटबल क्लबले, तेस्रो अठोट नेपालले र विभिन्न विधाका उत्कृष्ठ खेलाडीहरुलाई सजित तामाङ्ग, लेखराज बस्नेत, बिमला पौडेल, सन्तोष नेम्बाङ्ग, गोपाल थापालगायतले नगद पुरस्कार तथा सहयोग प्रदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर