Aamsanchar

अब नाच्नुस्, यी पाच फाइदा हुन्छ

Author Image
आइतवार, जेठ ९, २०७३

dans

स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला । अब स्वस्थ हुन नाच्नुस् पनि । नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ । पढौं नाचका फाइदा :
तौल घटाउन लाभदायक : नाच्दा शारीरिक अभ्यास हुन्छ । यसबाट १००  देखि ४०० सम्म क्यालोरी घट्छ ।
मनोरञ्जक अभ्यास : जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरुका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ ।
बडी टोन मजबूत : नाचबाट तपाईंको बडी टोन मजबूत हुन्छ । यसबाट शरीरमा ताकत आउछ र शरीरको लचिलोपन पनि बढ्छ ।
आत्मविश्वास बढाउँछ : नाच्नाले तपार्इंंमा कन्फिडेन्ट महसुस हुन्छ । यसबाट हिच्किचाहट पनि दूर हुन्छ ।
तनावबाट मुक्ति : नृत्य गर्नाले तनावबाट राहत मिल्छ । जब तपाईं कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)