Aamsanchar

सिलिगुढीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

Author Image
आइतवार, जेठ ९, २०७३
l;lnu'9Ldf cGt/f{li6«o snf k|bz{gL l;nLu'9Ll:yt s;d; dndf /x]sf] cf6{df6{ Uofn/Ldf g]kfn, aªunfb]z, ef/t / e'6fgsf !^  snfsf/ ;xefuL /x]sf] cGt/f{li6«o snf k|bz{gL zlgaf/b]lv ;'? x'Fb} . tl:a/ M b]j]Gb| y'Ds]nL, ef/t -l;lnu'9L_, /f;;

l;lnu’9Ldf cGt/f{li6«o snf k|bz{gL
l;nLu’9Ll:yt s;d; dndf /x]sf] cf6{df6{ Uofn/Ldf g]kfn, aªunfb]z, ef/t / e’6fgsf !^ snfsf/ ;xefuL /x]sf] cGt/f{li6«o snf k|bz{gL zlgaf/b]lv ;’? x’Fb} . tl:a/ M b]j]Gb| y’Ds]nL, ef/t -l;lnu’9L_, /f;;

भारत (सिलिगुढी)।

सिलीगुढीस्थित कसमस मलमा रहेको आर्टमार्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ ।
नेपाल, बङ्गलादेश, भारत र भुटानका १६ कलाकार सहभागी रहेको सो प्रदर्शनीको डा पिडी भुटियाले उद्घाटन गर्दै कलाले मानव जातिलाई समृद्ध पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपालबाट सो प्रदर्शनीमा पाँच कलाकारको सहभागिता रहेको छ । जरा फाउन्डेशन नेपाल, आर्टमार्ट ग्यालरी भारत र रुट फाउन्डेसन बंगलादेशको संयुक्त आयोजनामा भएको सो प्रदर्शनी सोमबारसम्म रहनेछ ।
अन्तर्राष्ट्रिय रुपमा संस्कृति मार्फत भाइचारा सम्बन्ध बढाउने उद्देश्यसहित यो कार्यक्रम गरिएको कला, साहित्य, सङ्गीत तथा संस्कृतिका क्षेत्रमा काम गर्ने उद्देश्यसहित नेपालमा स्थापित जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले बताउनुभयो ।
ग्यालरीका सञ्चालक शक्ति शर्माले कला मानव र समाजलाई जोड्ने गतिशील माध्यम रहेको विचार व्यक्त गर्नुभयो ।
रुट फाउन्डेसन बंगलादेशका अध्यक्ष शेली सेन गुप्ताले मानिस मानिसको बीच भाइचारा सम्बन्धलाई जोड्ने सशक्त माध्यम भनेकै कला र साहित्य रहेको बताउँदै बंगलादेशमा पनि चारै देशका कलाकार र साहित्यकारलाई बोलाएर कला र साहित्यको कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्रदर्शनीमा नेपालबाट नरेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र थुम्केली, केशवराज खनाल, अनिता खनाल र छितेन शेर्पा, बंगलादेशबाट मोहम्मद कौसर हुसैन र मोहम्मद रसेद अलाम, भुटानबाट पेमा ग्याल्छेन र दोर्जी ग्याल्छेन तथा भारतबाट कौशिक घोष, राजीव बाग, धीरज प्रधान, दीपा राई, रतन भट्टराई, टीका प्रधान र रमेश शाहका कला सिर्जना छन् । सो अवसरमा चारै देशका साहित्यकारले कविता पनि वाचन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर