Aamsanchar

तालेबान नेता मारिएको पुष्टी

Author Image
आइतवार, जेठ ९, २०७३

अमेरिकी सैन्य अधिकारीहरुले भनेका छन्, उनीहरुका फौजले गरेको हवाइ कारवाही अफगान तालेबानका नेता मुल्लाह अख्तर मन्सुर मारिएको हुन सक्छन्।

पाकिस्तान अफगानिस्तानको सीमाक्षेत्रमा यात्रारत उनी र उनका एक साथीलाई निशाना बनाउँदै कैयौँ ड्रोन हमला गरिएको अमेरिकी सेनाले जनाएको छ।

पेन्टागनका एक जना प्रवक्ताले गएको जुलाईदेखि अफगान तालेबानका नेता रहेका मुल्लाह मन्सुर सुरक्षा निकाय र सर्वसाधारणका लागि खतरा रहेको र शान्तिको बाधक भएको प्रतिक्रिया दिएका छन्।

वासिङटनबाट बीबीसीकी लौरा बिकर भन्छिन्, मुल्लाह अख्तर मन्सुर विरुद्धको कारवाही सीमामा रहेको पाकिस्तानी भूमितिर गरिएको थियो र यसलाई उनको समूहविरुद्धको सम्भावित ठूलो क्षतिका रुपमा हेरिएको छ।

तालेबानले काबुल र अन्यतत्र आक्रमण शुरु गरेयता मुल्लाह मन्सुर अमेरिकी सैन्यको कारवाही सूचीमा अग्रपंक्ति थिए।

वासिङटनमा उनलाई शान्ति प्रकियाको एक जना बाधकको रुपमा लिइन्छ।

मुल्लाह अख्तर मन्सुर सोभियत फौजले गरेको अतिक्रमणविरुद्धको मुजाहिद्दिन लडाइँका क्रममा सन् १९८० को दशकमा पहिलो पटक देखा परेका थिए।

सन् १९९० मा तालेबानको उत्पत्ति भएपछि, उनी तलेबानका सम्मानित नेता मुल्लाह ओमारसँगै थिए।

तालेबानले त्यसपछि काबुलको सत्तामा आफ्नो पकड कायम गरेको थियो र सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि शक्तिबाट बाहिरिएको थियो।

तर संवाददाताहरु भन्छन्, सन् २०१४ मा अन्तर्राष्ट्रिय फौजहरु फिर्ता भएपछि द्वन्द्व गहिरिंदै गएको छ र तालेबानहरु सन् २००१ मा अमेरिकी समर्थन प्राप्त फौजहरुले उनीहरुलाई सत्ताबाट धपाएयता सबैभन्दा शक्तिशाली बनेका छन्।

अघिल्लो वर्ष मुल्लाह ओमारको निधन भएको पुष्टि भएपछि सबै तालेबान समूहहरुले नयाँ नेताका रुपमा मुल्लाह मन्सुरको उदयलाई स्वागत गरेका थिएनन्।

केहीले मुल्लाह ओमारकै एक जना छोराले नेतृत्व लिनुपर्ने धारणा राखेका थिए।

यदि मुल्लाह मन्सुरको मृत्यु भएको पुष्टि भए, विश्लेषकहरुले उनको ठाउँमा त्यस्तै कट्टरपन्थी नेतालाई चुनिन्छ कि चुनिदैन भन्ने कुरा ध्यान दिएर नियाल्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर