

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले कुकुर र बिरालोको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको छ। गाउँपालिकाले ‘रेबिज रोग नियन्त्रणका लागि हाम्रो अभियान’ भन्ने नारासहित यो शिविर सुरु गरेको हो।
गाउँपालिकाको पशु सेवा शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक मनोज श्रेष्ठका अनुसार शिविरको पहिलो दिन शुक्रबार ५८ वटा कुकुर र बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ। वडा नम्बर १ थिङ्लाबु, वडा २ सान्थाक्रा र वडा ३ खाम्लुङमा सञ्चालित शिविरमार्फत घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको शल्यक्रिया गरिएको प्राविधिक श्रेष्ठले जानकारी दिनुभयो।
गाउँपालिकाका अनुसार शनिबार वडा ४ लिङतेप र वडा ५ थुकिमा बन्ध्याकरण शिविर जारी रहेको छ भने आइतबार वडा ६ नाल्बुमा शिविर सञ्चालन हुने छ। शिविरमा सम्बन्धित विषयका दक्ष जनशक्तिसहितको टोली संलग्न रहेको छ।

गाउँपालिका अध्यक्ष युकहाङबीरहाङगाम ९डम्बर० ले रेबिज रोगको संक्रमण फैलिन नदिन र सामुदायिक ९भुस्याहा० कुकुरको व्यवस्थापन गर्न यो शिविर प्रभावकारी हुने बताउनुभयो। कुकुरका कारण बेलाबेला उत्पन्न हुने समस्याको निराकरणका लागिसमेत यस अभियानले सहयोग पुग्ने अपेक्षा अध्यक्ष हाङगामको रहेको छ।



