Aamsanchar

क्षेत्रीय राष्ट्रपति प्रतियोगिताको तयारी पूरा

Author Image
मङ्गलवार, जेठ ११, २०७३

झापा ।

pp

झापामा पहिलो पटक आयोजना हुन लागेको पूर्वाञ्चल क्षेत्रीय राष्टपति रनिङ् शिल्ड खेलकूद प्रतियोगिताको आठौं संस्करणको तयारी पूरा भएको छ ।
पूर्वाञ्चल खेलकूद विकास समितिको आयोजना तथा झापा खेलकूद विकास समितिको संयोजनमा यहि जेठ १५ गतेदेखि काँकरभिट्टामा सुरु हुने दुई दिवशिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मंगलबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगिताको तयारी बारे जानकारी दिन झापा खेलकूद विकास समितिद्धारा काँकरभिट्टा खानेपानी संस्थाको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिका अध्यक्ष शंकर थापाले झापाको इतिहासमा प्रथम पटक सञ्चालन हुन लागेको प्रतियोगितालाई सभ्य,भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न आम झापावासीलाई आग्रह गरे ।
सम्मेलनका अवसरमा अध्यक्ष थापाले युवा तथा खेलकूद मन्त्रालयको वार्षिक कार्यक्रम अन्र्तगत राष्टिय खेलकूद परिषद्को तत्वाधानमा जेठ १५ र १६ गते सञ्चालन हुने क्षेत्रीय प्रतियोगितामा भाग लिन पूर्वाञ्चलका विभिन्न जिल्लाबाट निर्णायक,प्राविधिक,खेल पदाधिकारी तथा खेलाडीहरु गरी करिब १६ सयको सहभागिता रहने बताए ।
झापा खेलकूद विकास समितिका सदस्य एवं प्रतियोगिता प्रचार प्रसार उप समितिका प्रेस संयोजक अर्जुनकुमार कार्कीका अनुसार प्रतियोगितामा समावेश गरिएका खेलका विभिन्न ६ वटा विधाहरुमध्ये काँकरभिट्टा उमाविको खेल मैदानमा एथ्लेटिक्स,नयाँ बस पार्कमा भलिबल र कबड्डी,काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा कराँते तथा मेची सामुदायिक कभर्ड हलमा तेक्वान्दो र उसु खेलको प्रतिष्पर्धा गराइने छ ।
कार्यक्रममा वरिष्ठ कराँते प्रशिक्षक मदन उप्रेतीले जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट हुँदै क्षेत्रीय प्रतिष्पर्धामा भाग लिई छानिएका १०२ जना खेलाडीहरुले आगामी जेठ १९,२० र २१ गते राजधानीमा आयोजना हुने राष्टिय राष्टपति रनिङ् शिल्ड खेलकूद प्रतियोगितामा सहभागिता जनाउने पत्रकारहरुलाई जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर