Aamsanchar

धर्मपुत्री बलात्कार गरेको र छोरी बेच्न लगेको आरोपमा पक्राउ

Author Image
बुधवार, जेठ १२, २०७३

धादिङ –
index

धर्मपुत्री बनाएर पालेको बालिकालाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–३ असमिलिछापका एक जना पक्राउ परेका छन् ।

४ वर्षकी बालिकालाई बाबुले चकलेट खान दिएर पटक पटक बलात्कार गर्ने गरेको बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीको आधारमा प्रहरीले आरोपितलाई पक्रेको हो ।

छोरी बेच्न भारततिर लग्ने बाबु पक्राउ

छोरी बिक्री गर्न दलालसँग मिलेर भारत लैजान लागेको भन्दै खानीखोला प्रहरीले दुई जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बाबुले झापाका एक पुरुषसँग मिलेर छोरी बेच्न लगेको प्रहरीले जनाएको छ ।

नौबिसे गाविसको सिक्रेखोलाबाट पीडितका बाबु र दमक नगरपालिका–११ बस्ने प्रकाशकुमार आचार्यलाई प्रहरीले पक्राउ गरि मानवबेचविखनविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पीडित युवतीलाई बाबुले काठमाडाै‌बाट भारत हुँदै कुबेत लैजानका लागि बस चढेर जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर