Aamsanchar

अनुमति नलिने तथा गोजिमा अनुमति बोक्ने विद्यालय कारबाहीमा

Author Image
बिहिवार, जेठ १३, २०७३

विर्तामोड ।

images

बिना अनुमति कक्षा सञ्चालन गर्ने र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयहरुलाई कारबाही गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालय झापा, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा पत्रकार सहितको टोलिले विर्तामोडका विभिन्न विद्यालयमा अनुगमन गर्दा त्यस्ता विद्यालय फेला परेकाले तत्काल सुधार गर्न निर्देशन दिइएको हो ।
कक्षा ४ र ५ को अनुमति नै नलिई कक्षा सञ्चालन गरिरहेको पाइए पछि विर्तामोड नगरपालिका–६ मा सञ्चालनमा रहेको निदि उच्च माविलाई अनुमति नलिएका कक्षा तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
त्यस्तै अनुमति लिने तर विद्यालय सञ्चालन नगर्ने शुभतारा एजुकेसन फाउण्डेसनको अनुमति रद्ध गरिने भएको छ । विर्तामोड–६ मा नै सञ्चालन गर्ने अनुमति लिएको तर विद्यालय भने सञ्चालनमा नरहेको पाइएकाले त्यस्तो विद्यालय बन्द गर्न जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले निर्देशन दिनुभयो । कृष्ण त्रिताल सञ्चालक रहेको उक्त विद्यालय हाल सञ्चलनमा रहेको अनुगमनका क्रममा नपाइए पछि त्यस्तो निर्देशन दिइएको हो ।
त्यस्तै विर्तामोडमा नै एउटै विद्यालयका विद्यार्थीलाई दुई वटा विद्यालयको नाममा समेत देखाउने गरेको पाइएको छ । आर्दश शिशु अंग्रेजी मावि बिर्तामोडका विद्यार्थीलाई नै एमिटी एजुकेशन फाउण्डेसनका विद्यार्थी भनेर देखाउने गरेको पाइएको छ । अनुगमनका क्रममा त्यस्ता विद्यालयलाई नियमित गर्न निर्देशन दिइएको छ । आगामी दिनमा एउटै विद्यार्थी दुई विद्यालयमा देखाए कडा कारबार्ही गर्ने चेतावनी दिइएको छ ।
त्यस्तै विर्तामोडमा नै रहेको सगरमाथा उच्च माविले समेत कक्षा ४ र ५ को अनुमति नलिई कक्षा सञ्चालन गरेको पाइएको छ । उक्त कक्षा तत्काल बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनमा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेल, नेविसंघका का.बा. सभापति राजेन्द्र उप्रेती, अनेरास्ववियू अध्यक्ष रोशन सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष रवि बस्नेत, पत्रकार महासंघ झापाका कोषाध्यक्ष प्रेम आचार्य, पत्रकार नरेन्द्र ढकाल सहितको टोलिले विद्यालयहरुको अनुगमन गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर