Aamsanchar

बलिउडभित्रका गोप्य कुराको पर्दाफास

Author Image
शुक्रवार, जेठ १४, २०७३

एजेन्सी–richa-chadda-12-v

बलिउड अभिनेत्री रिचा चड्डाले बलिउडभित्रका धेरै गोप्य कुराको पर्दाफास गरेकी छन् ।

बलिउडमा पाइला टेक्दै गर्दा रिचालाई कहिले तौल घटाउन, कहिले बढाउन, कहिले नाक र ओठ ठिक पार्न भनियो । जसका कारण उनको आत्मविश्वास नै कमजोर भयो ।

‘टेडएक्स टाल्क’ मा आफ्नो अनुभव सुनाउदै रिचाले आफ्नो अनुभव सुनाइन् । उनले भनिन्, ‘जबसम्म म आफ्नो बुबाआमासँग रहेँ सधै आफूलाई सुन्र र बुद्धीमान पाएँ । तर, जब म कलाकार बने तब मेरो आत्मविश्वास कमजोर हुन थाल्यो । आफूलाई लिएर सबैले संयम अपनाउछन् तर, कलाकारको विषयमा यो अलि बढी लागु हुन्छ । हामीलाई दैनिक रुपमा कैयौँ स्थानमा असक्षम कहलाइन्छ र छनौट हुन सक्दैनौँ ।’

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार रिचाले केही गोप्यता खोल्दै भनिन्, ‘मलाई तौल घटाउन भनियो, फेरि बढाउन लगाइयो, नाकलाई ठिक गर भनियो, ओठलाई चेप्टो पार्न भनियो, कपाललाई ठूलो बनाउन लगाइयो, हिल्स लगाउन भनियो, कुरा गर्दा शैली परिवर्तन गर्न भनियो अरु के–के हो के–के ।’

उनले अघि भनिन्, ‘यी सबै कुरा सुनेर मैले पनि दबाब महसुस गरेँ । तपाईंको बारेमा अरुले विश्लेषण गर्न थालेमा के हुन्छ ? तपाईं खाना कम खान थाल्नुहुन्छ । बैचन र निरासताले ठाउ बनाउछ, । जसबाट तपाईं यो सोच्नुहुन्छ की तपाईंको खास आवश्यकता छैन । जसको असर स्वरुप तपाईं अस्वस्थ हुनुहुन्छ । निद्रा लाग्दैन । मैले पनि आफैसँग घृणा गर्न थालेँ, तौला बढाएँ, घटाएँ र असफल मात्र भएपछि बल्ल महसुस गर्न थालेँ ।’

उनले बलिउडमा यी सब कुराहरु हुने र आफू स्थापित नहुदासम्म यस्ता कुराहरु सबैले झेल्नुपर्ने बताइन् ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर