Aamsanchar

आजबाट आठौं पूर्वाञ्चल राष्ट्रपति रनिङ खेलकुद सुरु

Author Image
शनिवार, जेठ १५, २०७३

कांकरभिट्टा ।

20160211_073457
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलकुदको विकासका लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज झापाको काँकरभिट्टामा उद्घाटन गर्दै उहांले खेल क्षेत्रमा झापाले महत्वपूर्ण योग्दान पु¥याएको बताउनुभयो ।
२ वर्षपछि नेपालमा १३ औं साग खेलकुदको आयोजना गरिने जानकारी दिदैं उहांले सागका केही खेललाई झापामा समेत खेलाइने बताउनुभयो । दमकमा निर्माण हुदै गरेको अन्तराष्ट्रिय स्तरको रंगशालाले खेल क्षेत्रलाई अगाडी बढाउन थप मद्धत मिल्ने सदस्य सचिव विष्टको भनाई थियो ।
पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने दुई दिवसीय क्षेत्रीय प्रतियोगितामा पूर्वी नेपालका १६ वटा जिल्लाका खेलाडीबीचमा विभिन्न ६ वटा खेल विधामा प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा काँकरभिट्टा उमाविको खेल मैदानमा एथ्लेटिक्स, नयाँ बसपार्क प्यारीभिट्टामा भलिबल र कबड्डी, काँकरभिट्टा खानेपानी संस्थाको हलमा कराते, मेची सामुदायिक कभर्ड हलमा तेक्वान्दो र उसुका खेलहरु सञ्चालन भइरहेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर