Aamsanchar

झापाका २५ कैदी रिहा

Author Image
आइतवार, जेठ १६, २०७३

 

झापा ।

jail_1444775308
नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २५ कैदीले आम माफी पाएका छन् ।
असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका २५ जना कैदी आम माफी पाई आज कैद मुक्त भएका हुन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजाय भोग्दै आएका ४ महिला सहित २५ जना कैद मुक्त भएको झापा कारागारका जेलर यज्ञराज निरौलाले जानकारी दिनुभयो ।

राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६ अनुसार मन्त्री परिसदको सिफारिसका आधारमा देशका विभिन्न कारागारमा रहेका आठ सय ८७ जना कैदीवन्दीलाई कैद मुक्तको घोषणा गर्नुभएको थियो ।
जसमा झापा कारागारमा रहेका कर्तव्य ज्यानका १२ जना, ज्यान मार्ने उद्योगका १ जना , वहुविवाहका ९ जना, रहजनी चोरीका १ जना, सवारी ज्यानका १ जना र ज्यान मार्ने उद्योग तथा चोरीका एक जना कैदी कैद मुक्त भएको कारागारका जेलर निरौलाले जानकारी दिनुभयो  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)