Aamsanchar

यूएईको गायनमा पारस उत्कृष्ट

Author Image
सोमवार, जेठ १७, २०७३

paras , gops, muna and friends

(भरत शिवाकोटी/आरपी सहयात्री)
युएई
सामाजिक कार्यमा सक्रिय झापाली समाज युएईले आयोजना गरेको एकल गायन प्रतियोगितामा झापा बुधबारेका पारस लामा प्रथम भएका छन् । विगत १३ वर्षदेखि यूएईमा कार्यरत लामा संगीतको गायन विधामा विशेष दख्खल भएका प्रतिभा हुन् । सोही प्रतियोगितामा बासुदेव बाास्कोटा दोस्रो भएका छन् भने गोप्स खतिवडा तेस्रो भएका छन् । त्यसरी नै बेस्ट फिमेल सिङ्गरको उपाधि मुना बुढाथोकीले पाएकी छिन् ।
यूएईमा श्रमरत झापाली प्रतिभाहरुको खोजी तथा गायन क्षमता अभिबृद्दि गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको समापन कार्यक्रममा दुई थोपा हाासो कार्यक्रम लिएर युएई आएका हाास्यकलाकार मनोज गजुरेलले नयाा प्रविधिको सदुपयोग गर्दै आयोजना गरिएको उक्त प्रतियोगिता उदारहणीय रहेको प्रतिक्रिया दिएका छन् ।
२५ मे २०१६ मा झापाली समाज युएईको आयोजना तथा झापाली समाजका पदाधिकारीहरु मणि सुवेदी, छवि खनाल र भरत बुढाथोकीको अग्रसरतामा सुरु भएको एकल अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको हो । सामाजिक सन्जाल ह्वाटस् एपको ‘हाम्रो झापाली आागन’मा नौलो तरिकाबाट सम्पन्न उक्त प्रतियोगितामा १६ जना झापाली नवगायकहरुले भाग लिएका थिए ।
झापाली समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख अतिथि झापाली समाजका संरक्षक हेमन्त पौडेल रहेका थिए भने अतिथिहरुमा दोलखा समाजका सचिव नितेशबाबु थामी, पाल्पाली समाजका कोषाध्यक्ष कैलाश अर्याल तथा एनआरएन युएईका युवा संयोजक निश्चल दाहाल विशेष अतिथिका रुपमा उपस्थित भएर मन्तव्य प्रकट गरेका थिए ।
झापाली समाजका महासचिव टेकनाथ अधिकारी, अबुधाबी क्षेत्रीय सदस्य मणि सुवेदीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिहरुले ३ राउन्डसम्म आफ्नै रोजाइका लोकगीत, चलचित्र तथा आधुनिक गीत गाएका थिए भने अन्तिम राउन्डमा निर्णायक मन्डलको तर्फबाट प्रदान गरिएका गीत गाएका थिए ।
पहिलो राउन्ड सकिएपछि टप १० छानिएकाहरु मध्येबाट दोस्रो राउन्डमा टप ५ छनिएका थिए भने तेस्रो राउण्डबाट टप ३ छनिएका थिए । युएई तथा युएई वाहिर रहनुभएका निर्णायक मन्डलीमा रहेर निर्णय गर्ने गायकहरु क्रमश गायक तारावीर पाण्डे, गायक रविन सुब्बा, गायिका तारा खनाल र लोकगायक प्रेम भट्टराईले टप ३ मा छानिनु भएका मध्येबाट पारस लामा, वासुदेव वाास्कोटा र गोप्स खतिवडालाई पहिलो, दोस्रो र तेस्रो घोसित गरेका थिए ।
भरत बुढाथोकी, राम ढुङ्गेल, सुनील चौहान, माइनस प्लस संग्रौला, शान्ता नेम्बाङ्ग, डिबी झापाली, इन्ऽ भण्डारी, शेषराज न्यौपाने लगायतले प्राविधिक रुपमा कार्यक्रम सञ्चालनमा सहयोग गरेका थिए ।
प्रतियोगितामा सफल हुने प्रतियोगिहरुलाई विभिन्न व्यक्ति, व्यावसायी तथा संघसंस्थाहरुका प्रतिनिधिहरुले नगद तथा गिफ्टको घोषणा गरेका थिए । नगद तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्नेहरुमा झापाली समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटी, गल्फ स्पाइसी रेस्टुरेन्टका प्रोपाइटर लक्ष्मण गिरी, पाल्पाली समाजका कोषाध्यक्ष कैलाश अर्याल, दोलखाली समाजका सचिव नितेशबाबु थामीले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । त्यसरी नै झापाली समाजका केन्द्रिय सदस्य तथा गायक टीका कटटेलले बेस्ट महिला सिङ्गर मुना बुढाथोकीलाई करिब ३ हजार रुपैयााको आर्थिक पुरस्कार घोषणा गरेका छन् । त्यसरी नै पुरस्कार प्रदान गर्नेहरुमा डीबी झापाली, हिमाल अधिकारी, टीएन शर्मा, रामकुमार राउत, सुनील चौहान, प्रवीन निरौला, मित्रलाल पोखरेल, चाादनी आासु, विकाश आचार्यले विजयी कलाकारहरुलाई नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा गरेर प्रतियोगी कलाकारहरुको हौसला बढाएका छन् ।
प्रतियोगितामा विजयी गायकगायिकाहरुलाई आगामी शुक्रबार एक कार्यक्रमका बीच नगद तथा प्रमाणपत्र दिइने कार्यक्रम छ । झापाली समाज युएईले स्थापना भएको छोटो अवधिमा आफूलाई सामाजिक काम सागसागै खेलकुद, साहित्य सिर्जना, तथा रचनात्मक कार्यमा समेत अगाडि बढाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर