Aamsanchar

​फुटबलर राजुलाई २५ लाख नगद पुरस्कार

Author Image
मङ्गलवार, जेठ १८, २०७३

raju tamang

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका भेट्रान मिडफिल्डर राजु तामाङलाई वर्ष खेलाडीको सम्मान सम्मानसहित नगद २५ लाख रुपैयाँ प्रदान गरेको छ । हल्चोकमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
पुरस्कार रकम हात पार्दै तामाङले आफूलाई गौरव लागेको बताए । ‘यो रकमले म मेरो लागि घर किन्न सक्छु, परिवार र मेरो जीवन सुखी राख्न सकछु’ उनले भने ‘यो सम्मानका लागि एन्फालाई धन्यवाद ।’
तामाङले पछिल्लो २ वर्ष राष्ट्रिय टोलीबाट खेलेका छैनन् । पछिल्लो पल्ट उनले सन् २०१४ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल खेलेका थिए । उनले सन् २००५ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।
राष्ट्रिय टोलीको जर्सीमा ४५ खेल खेलेका उनले जम्मा २ गोल गरेका छन् । ३० वर्षे उनले एशिया कप २०१५ को छनौट चरणमा नर्थन मारियना आइल्याण्डविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै उनले सन् २००८ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पनि गोल गरेका थिए ।
संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा संलग्न भएर नेपाल आर्मीका जागिरे उनले सन् २०१० मा हैटीको भूकम्पपछि ६ महिना उद्धारको काम गरेका थिए । जसका कारण उनले विश्वकप छनौटमा टिमोर लिस्टसँगको खेल गुमाएका थिए ।
सन् २०१२ मा नेपाल आर्मीले आयोजना गरेको दक्षिण एशियाली सैनिक खेलकुदमा सहभागी भएका कारण राष्ट्रिय टिमको प्रशिक्षणमा नआएको भन्दै उनलाई तत्कालिन प्रशिक्षक ग्राहम रोवर्टले बिचमै टोलीबाट निकालेका थिए । जसका कारण उनले सन् २०१२ को एएफसी च्यालेन्ज कप गुमाएका थिए ।
फुटबल खेलमा महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई एन्फाले यसअघि अपार्टमेन्ट दिने गरेको थियो । पाँचवर्ष अघि सुरु गरेको वर्ष खेलाडीको पुरस्कार पहिलो वर्ष राकेश श्रेष्ठले, दोश्रो वर्ष सागर थापाले र तेश्रो वर्ष रितेश थापाले पाएका थिए । तर अपार्टमेन्ट अझै नबनेका कारण उनीहरुले त्यसको उपभोग गर्न भने पाएका छैनन् । भूकम्पका कारण पोहोर एन्फाले कसैलाई पनि वर्ष खेलाडीको पुरस्कार दिएको थिएन ।
यसअघि वर्ष खेलाडीको पुरस्कार पाउने राष्ट्रिय टिमका पूर्व कप्तान सागर थापा र गोलकिपर रितेश थापा म्याचफिक्सिङको आरोपमा निलम्बनमा परेका छन् । उनीहरुमाथि अहिले पनि विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर