Aamsanchar

जलवायु परिवर्तन पनि आप्रवासको कारक

Author Image
बुधवार, जेठ १९, २०७३

USA, New York State, New York City, New Jersey shore line

काठमाडौँ ।

जलवायु परिवर्तन पनि आप्रवासको एउटा कारक भएको एक अध्ययनले देखाएको छ ।

नेपाल सरकार र अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन(आइओएम)ले आज यहाँ आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन, वातावरणीय ह्रास र आप्रवास जालो’ विषयक छलफल कार्यक्रममा प्रस्तुत अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण कृषि उब्जनीमा कमी, खानेपानीको अभाव, बाढीपहिरो, भूक्षयजस्ता समस्या सिर्जना भई त्यसले आप्रवासलाई बढाइरहेको उल्लेख छ ।

जलवायु परिवर्तन र आप्रवासको सम्बन्धका विषयमा विश्वमा नै निकै कममात्रै अध्ययन भएकामा दक्षिण एसियामा यसको प्रभावका सम्बन्धमा अध्ययन सुरु भएको हो । आइओएम बङ्गलादेशका परामर्शदाता गुलाम रब्बानीले बङ्गलादेशमा जलवायु परिवर्तनका कारण भइरहेको आप्रवासको अवस्था र अनुसन्धानकर्ता सञ्जय शर्माले नेपालको दार्चुला जिल्लामा जलवायु परिवर्तनका कारण भएको आप्रवासको अवस्थाका विषयमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ‘आप्रवास र जलवायु परिवर्तनमा राष्ट्रिय कार्ययोजनाका’ विषयमा सामूहिक छलफलमार्फत निचोडका बुँदा सङ्कलन गरिएको थियो ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले आफ्नो मन्त्रालय र जनसङ्ख्या तथा वातावरण मन्त्रालयले पहिलोपटक जलवायु परिवर्तन र आप्रवासका विषयमा साझेदारी गर्न लागेको बताउँदै यो विषयमा थप अध्ययन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सहसचिव रामप्रसाद लम्सालले नयाँ विषयमा भइरहेको छलफलले यस क्षेत्रका कमजोरी, चुनौती र अवसरबारे निचोड निकाल्ने आशा व्यक्त गर्नुभयो ।

आइओएम नेपालका प्रमुख माउरिजिओ बुसाट्टीले ‘आप्रवास र जलवायु परिवर्तनका विषयमा राष्ट्रिय नीति’ निर्माण गर्न आवश्यक रहेको बताउँदै यस छलफलले त्यसलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर