Aamsanchar

चिया उद्योगीसग हरियोपत्तीको मूल्य विवाद सुल्झाउन छलफल

Author Image
बिहिवार, जेठ २०, २०७३

bfgfaf/Ll:yt lrlndsf]6 lrof aufgdf lrof l6Kb} dlxnfx¿ . Ps;ftf cl3 k/]sf] kfgLsf sf/0f clxn] xl/of] klQ knfPsf] 5 .  tl:j/M uf]ljGb nfld5fg]÷Onfd /f;;
बिर्तामोड ।
हरियो चियापत्तीको मूल्य विवाद सुल्झाउन बिहीबार बिर्तामोडमा राजनीतिक दलका प्रमुख तथा नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच छलफल भएको छ ।
झापाली साना किसान चिया व्यवसायी संघ र चिया उत्पादक संघबीच हरियो पत्तीको विषयलाई लिएर उत्पन्न विवाद यथाशीध्र सुल्झाउन सरोकारवाला सबै सहमत भएका छन् । संवाद समूहको सचिवालयको संयोजनमा झापाको बिर्तामोडमा भएको छलफलमा सरोकारवाला सबै पक्षबीच संयुक्त संवादमार्फत समस्याको समाधान खोज्ने सहमति भएको छ ।
विहीवार भएको चिया उत्पादक संघका प्रतिनिधिसागको छलफल सकारात्मक रुपमा अघि बढेको सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले जानकारी दिए । अब हुने संयुक्त संवादमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया कृषक र उत्पादक संघलाई समस्या समाधानका लागि उपयुक्त विकल्पसहित उपस्थित हुन जिल्लास्थित राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, निवर्तमान उपसभापति देउमान थेवे, एमाले झापाका अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु आचार्य अग्निले अघिल्ला सहमतिलाई स्मरण गर्दै समस्या समाधानमा जिम्मेवार ढंगले प्रस्तुत हुन कृषक, उद्योगी र चिया बोर्डलाई आग्रह गरेका छन् । उत्पादक संघका तर्फबाट कार्यवहाक अध्यक्ष सुरेश मित्तल, आदित्य पराजुली, जेपी शर्मा, धु्रव शिवाकोटी, सार्दुलसिंह राठोर र उदिम न्यौपानेले उद्योगीका समस्या र बाध्यता बारे जानकारी गराएका थिए । चिया बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले अहिलेसम्मको अवस्थको बारेमा जानकारी गराएका थिए ।
नेपाल चिया उत्पादक संघसाग भएको पूर्व सहमति अनुसार आफूहरूले हरियो चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ ।
उनीहरूले २०७२ साल असोज, कात्तिक र मंसीर महिनाको हरियो चियापत्तीको मूल्य बोर्डको निर्णय अनुसार पाउनुपर्ने र ०७२ फागुन महिनादेखि हरियो चियापत्तीको मूल्य नखोलिएकोले त्यो पनि तत्काल खोल्नुपर्ने माग राखेका छन् । उत्पादक संघले भने कृषकलाई प्रत्येक उद्योगले आन्तरिक सहमति गरी मूल्य भुक्तानी गरिसकेको जनाएको छ ।
बोर्डले गत बर्षको उक्त तीन महिनाको मूल्य क्रमश: रु. १२.८७, रु. ११.६५ र रु. १२.४७ निर्धारण गरेको थियो । १६% गुणस्तर अर्थात दुई पात एक सुइरोलाई आधारमानी हरियो चियापत्तीको मूल्य बोर्डले निर्धारण गरेको बताइएको छ । बोर्डले निर्धारण गरेको मूल्य विना आधारको रहेको भन्दै चिया उत्पादक संघले आपत्ति जनाउादै आफूखुशी मूल्य निर्धारण गरेको बताइएको छ । भारतको विधान नगर क्षेत्रको चिया उद्योगको मूल्यलाई आधारमानी प्रतिकेजी ३ रुपैयाा घटाएर नेपालमा हरियो चियापत्तीको मूल्य कायम गर्ने सहमति र परिपाटी विपरीत चिया बोर्डले भारतीय चिया बोर्डको मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरेकोमा उद्योगीले असहमति जनाई त्यसलाई अस्वीकार गर्दै आएका छन् । राजनीतिक दलका नेताहरुले चिया तथा कफी क्षेत्रको नियमनकारी निकाय चिया तथा कफी विकास बोर्डकै अगुवाईमा सबैलाई मान्य हुने सहमति कायम गरी अघि बढ्नुपर्ने सुझाव दिएको संवाद समूह सचिवालयका सहजकर्ता खगेन्द्र खरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर