Aamsanchar

अब आयोगको परीक्षा शिक्षकले अंग्रेजीमा लेख्नु पर्ने

Author Image
बिहिवार, जेठ २०, २०७३

भक्तपुर –

माध्यमिक तहका शिक्षकहरुको परीक्षामा प्रयोग गरिने भाषा, उत्तरपुस्तिका र प्रश्नका बारेमा शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ । माध्यमिक तहका शिक्षक छनौटका लागि आगामी असार ४ गते हुने परीक्षामा तीन विषयको परीक्षा अंग्रेजीमा लेख्नु पर्ने आयोगले जनाएको छ ।

कम्युटर विज्ञान, विज्ञान र गणितको प्रश्नपत्र अंग्रेजी भाषामा सोधिने तथा भाषा विषयहरु बाहेक अन्य विषयको उत्तरको माध्यम अंग्रेजी वा नेपाली दुवै हुने आयोगले जनाएको छ ।

आगामी परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने तथा खढड क र ख को पूर्णङ्क ४० ४० हुने पनि आयोगले जनाएको छ ।

समान्यतया प्रत्येक क्षेत्र समेटिने गरी छोटो र लामो उत्तर आउने प्रश्न सोधिने तथा नयाँ पाठ्यक्रम अनुसार नमुना प्रश्नपत्र प्रकाशन नगरिने आयोगले स्पष्ट पारेको छ । प्रत्येक खण्डको उत्तरपुस्तिका अलग अलग हुने तथा वस्तुगत प्रश्न र उत्तरपुस्तिका छुट्टा छुट्टै हुने छ ।

बस्तुगत प्रश्न परीक्षा सकिए पछि परिक्षार्थीले लैजान पाउने छ । उत्तर पुस्तिकाको दायाँ भागमा परीक्षार्थीका नाम थर रोल नम्बर लगायत ब्यक्तिगत विवरण रहने छ भने बाँया तर्फ सम्बन्धित प्रश्नको सही उत्तर मध्ये कुनै एक विकल्पलाई लेख्नु पर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर