Aamsanchar

श्रीमतिलाई आइफोनले हानेर घाइते बनाएपछि डिभोर्स

Author Image
शुक्रवार, जेठ २१, २०७३

एजेन्सी:
हलिउडमा यति बेला चर्चित अभिनेता जोनी डिप र उनकी पत्नी डेनिस अभिनेत्री अंबर हर्डको सम्बन्धविच्छेदले चर्चा पाएको छ । डिपले आफूलाई आइफोनले हानेर घाइते बनाएको आरोपसहित ३० वर्षीया अंबरले अदालतमा डिभोर्स फाइल दर्ता गराएकी छन् ।

५२ वर्षीय डीप र अंबरबीच अघिल्लो वर्षको फेब्रुअरीमा विवाह भएको थियो । विवाह भएको तीन महिना नपुग्दै सम्बन्ध बिग्रिन थाले पनि वैवाहिक सम्बन्ध बचाउन आफूले पटकपटक मिलन प्रयास गर्दै आएको अंबरले दाबी गरेकी छन् । स्रोतका अनुसार गत शुक्रबार अदालतमा पुग्दा अंबरको अनुहारमा चोट देखिएको थियो ।

डिपले आफूलाई बारम्बार पिट्दै आएकाले अब कुनै हालतमा डिभोर्स गर्ने निर्णयमा पुगेको अंबरले बताएकी छन् । उनले अदालतमा केही फोटो पनि पेस गरेकी छन् जसमा डिपको पिटाइले शरीरका विभिन्न भागमा नीलो दाग देखिएको छ । ‘डिपले ममाथि साँच्चिकै नोक्सान चाहेकाले अनुहारमा समेत पिट्दै आएका छन्’, अदालतमा साँचो बोल्ने शपथ खाँदै अंबरले भनिन्, ‘उनले यतिन्जेलसम्म मलाई शारीरिक र मानसिक यातना दिँदै आए । ऊ ड्रग्स र रक्सी दुवै लिन्छ । म साँच्चिकै घरेलु हिंसामा परेकी छु ।’
केही समयपहिला पनि मातेर झगडा गर्न थालेपछि उनले साथीहरूलाई जानकारी दिएकी थिइन् । रक्सीको नशामा त्यस बेला कपाल उखेलिदिएकाले पछि अमेरिका गएर सर्जरी गरेको अंबरले दाबी गरेकी छन् । अंबरको पीडा सुनेर अदालतले समेत डिपलाई  श्रीमतीभन्दा सयौं कदम टाढा रहन आदेश दिएको छ ।

जोनले पिटेपछि फकाउन पैसाको अफर गरेको तर कुनै पनि हालतमा डिभोर्स गर्ने पक्षमा आफू रहेको अंबरले जनाएकी छन् । डिपका वकिलले भने सबै आरोप निराधार भएको जिकिर गरेका छन् । डिपले आफ्नी पत्नि गे राइट एक्टिभिस्ट टिलेट राइटसँग नजिकिएको र उनीसँगै धेरै समय बिताउँदै आएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर