Aamsanchar

ठूला कुरा होइन, सानो काम शुरु गरौं

Author Image
शनिवार, जेठ २२, २०७३

yekraj giri 2

[एकराज गिरी]

यतिबेला बढ्दो तापमानले दक्षिण तथा पूर्वी एशियाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । गर्मीले हरेक दिन मानिससागै अन्य जीवजन्तुको मृत्यु भइरहेको छ । त्यसै पनि एक वर्षअघिको विनाशकारी भूकम्पले भौगोलिक नक्शामै फेरबदल गरिदिएका कारण साविकका पानीका मूल, तालतलैया सुकिरहेका छन्, नयाा मूल फुट्न नसकेर पानीको संकट चुलिएको छ । खडेरीले बालीनाली सखाप बनेको छ । यो परिस्थितिकाबीच आइतबार विश्व वातावरण दिवस मनाइादैछ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७२ देखि हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ। आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरूबारे समाजमा जागृति ल्याउने उद्देश्य र एजेन्डा बोकी यो दिवस मनाइादै आएको छ । विश्व वातावरण दिवसमा प्रत्येक वर्ष एउटा उद्देश्य र एजेन्डा प्रस्तुत गरिन्छ । यसवर्ष विश्व वातावरण दिवसको नारा Go Wild For Life तथा यो वर्षको विषयवस्तु fight against the illegal trade in wild life  निर्धारण गरिएको छ । नेपालको सन्दर्भमा यो वर्षको वातावरण दिवस मनाउन ‘हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन– संरक्षण गरौं लगाई सम्पूर्ण तन,मन र धन’ भन्ने नारा तय गरिएको छ ।

chk_jschl


प्रथमत: सन् १९७४ मा वातावरण सम्बन्धी ’’एक्सपो ७४, नामले अमेरिकाको स्पोकनमा प्रदर्शनी गरिएको थियो । वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसाग अन्तरसम्बन्ध हुन्छ । चाहे त्यो भूमध्य रेखाका इथोपिया होस्, चाहे उत्तरी गोलाद्र्ध नर्वे नै किन नहोस्, संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले अरु भागमा कालान्तरमा पृथ्वीको भूभागमा असर पार्छ । समुऽी सतहबाट बहने मनसुनी वायु हाम्रो हिमाली क्षेत्रमा आएर हुने वर्षा, हिउाले भरिएका अन्टाटिकालगायत हिमाली भागका कारण हुने तापको सन्तुलन आदि प्रत्यक्ष नै यिनीहरूको अन्तरसम्बन्ध छ ।
विकसित देशहरूले गरेका वातावरणीय उद्देश्य निकै नै सराहनीय छन् । उनीहरू वातावरण, पर्यावरण र जलवायु परिवर्तनसम्बन्धी निकै नै संवेदनशील छन् । विकसित राष्ट्रका वातावरणीय मुद्दाहरूको अर्थशास्त्रीय तथ्यांक हेर्दा उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्बन उत्सर्जन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन् । अर्कोतर्फ वातावरणीय प्रदूषणका कारण उनीहरू निकै नै चिन्तित छन् । त्यसैले खोज र अध्ययनमा उनीहरूको आर्थिक र राजनीतिक लगानी निकै नै ठूलो छ । आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूबाट सैद्धान्तिकतवरले व्यावहारिकमा परिणत गराउन उनीहरू निकै नै कस्सिएका छन् । नेपालको सन्दर्भमा बदलिादो अस्थिर राजनीतिक परिवेशले गर्दा हामीले केही दशकयता प्राकृतिक स्रोतको निकै नै क्षयीकरण र विनास गरिराखेका छौा । नदीनालाको पानीको सतह अंकगणितीयरूपमा घटेका छन् भने वनजंगल, पशुपन्छी र जनावर अनि कृषि भूमिको नास ज्यामितीयरूपमा भइरहेका छन् । अव्यवस्थित भवन, बस्ती सडक र सहरहरू डरलाग्दो किसिमबाट अव्यवस्थित रूपमा बढेका छन् ।
वनै खायो डढेलोले
तथ्यांक अनुसार, संसारमा जति वनजङ्गल तस्कर र अनधिकृत फडानीबाट विनाश हुन्छ, करीब त्यति नै परिमाणमा डढेलोबाट नष्ट हुन्छ ।
अमेरिकी संस्था नेशनल एरोनोस्टिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रहबाट सन् २००६–२०१६सम्म खिचिएका तस्वीरहरूको अध्ययनबाट नेपालमा गएको ११ वर्षमा करिब १० लाख हेक्टर वन क्षेत्रमा डढेलो लागेको देखिन्छ । यो भनेको सिंगो नेपालको ७ प्रतिशत, नेपालको सम्पूर्ण वनको १९ प्रतिशत हो जो आकारमा भक्तपुर जिल्ला भन्दा ९० गुणा ठूलो हुन्छ ।
यो अवधिमा सन् २००७ मा सबैभन्दा कम २२ हजार ८०० हेक्टर र सबैभन्दा बढी सन् २०१४मा १ लाख ८० हजार ९०० हेक्टर वनलाई डढेलोले सिध्याएको थियो। नासाकै तस्वीर विश्लेषणमा चालू वर्ष सन् २०१६ को दुई महिना फेब्रुअरी र मार्चमा मात्रै ६६ हजार ३०० हेक्टर वन जलेको देखिन्छ । डढेलोले क्षति पुर्‍याएको जंगलको कूल क्षेत्रफलमध्ये ५९ प्रतिशत तराईमा, ४० प्रतिशत पहाडमा र १ प्रतिशत हिमाली भागमा रहेको आईटीसी नेदरल्याण्ड्सबाट पीएचडी डा. भोगेन्द्र मिश्र र जापानमा पीएचडी गर्दै रहेका भोजराज घिमिरेको विश्लेषण छ । उनीहरूको अनुसन्धान क्षेत्र स्याटलाइट तस्वीर विश्लेषण सम्बन्धी हो ।
डढेलोबाट मुख्यत: बहुमूल्य जडीबुटी तथा काठपात नष्ट हुने, वनपैदावारको गुणस्तर घट्ने, जलेर सुकेका रूख र काठहरूको तस्करी बढ्ने, वनमा आश्रित जीवजन्तु मर्ने र बसाइासराइ गर्ने जस्ता असर देखिन्छन् ।
कतिपय लोपोन्मुख जीवजन्तुका बासस्थानमा आउने परिवर्तनले त्यस्ता जातिको निरन्तरता माथि नै प्रश्नचिन्ह लाग्न सक्छ । डढेलो बस्तीमा पसी हरेक वर्ष ठूलो जनधनको क्षति समेत भइरहेको छ । डढेलोकै कारण वनमा सञ्चित कार्बन नष्ट भई तापमान बढ्ने, श्वासप्रश्वास सम्बन्धी समस्या निम्तिने विज्ञहरूको निष्कर्ष छ ।
नेपालमा वन र जीवजन्तु
नेपाल प्राकृतिक विविधताका हिसाबले निकै नै धनी मुलुक हो । भौगलिक बनावट, माटो र वातावरणीय विविधताका कारण नेपाल विश्व जैविक विविधतामा धनी मानिन्छ । नेपाल जैविक विविधतामा विश्वमै ३१ औं स्थानमा पर्छ । एक तथ्यांक अनुसार नेपालमा ८ सय ६५ प्रजातिका चरा, १ सय ८६ प्रजातिका माछा, ७ हजार प्रजातिका फूल फुल्ने बिरुवा, २ सय ४६ प्रजातिका महत्वपूर्ण जडिबुटी, ५ हजार प्रजातिका कीरा–फट्यांरा, ४ सय प्रजातिका बहुआयामिक बाली तथा ६० प्रजातिका जंगली खाद्य फलफूल पाइन्छ ।
नेपालका वन्यजन्तुको अवस्था अत्यन्तै चिन्ताजनक हुादै गएको अध्ययनले देखाएको छ । वनजंगल फडानीका कारण बासस्थानको विनाश, वन्यजन्तुको चोरी सिकारी आदि क्रियाकलापका कारण वन्यजन्तु दिनानुदिन संकटमा पर्दैछन् । नेपालमा रहेका संकटापन्न जीवजन्तुहरूमध्ये लगभग दुई तिहाई बासस्थान विनाशबाट सिर्जिएका हुन् । नेपालको सन्दर्भमा वन्यजन्तु एवम् जैविक विविधताको अवस्था त्यति सन्तोषजनक देखिादैन । पछिल्लो समयमा भएको जलवायु परिवर्तनका कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने भएकाले जीवजन्तुका लागि आवश्यक वातावरण प्रतिकुल बनिरहेको छ, जसका कारण विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुादै गएको छ । कोरलिएका चराहरूमा समेत अनौठो गुण देखिने अशक्त बन्ने, प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा ह्रास आउने र उत्पादनमा आएका समस्या पनि सिर्जित हुन थालेका छन् ।
यहााको प्रकृतिमा कैयन जीवजन्तुहरू पाइन्छन् । नेपालका महत्वपूर्ण बन्यजन्तुमा बाघ, गैंडा हात्ती, हिंउा चितुवा, गोही, घडियाल, व्वाासो, दुर्लभ चराहरू आदि पर्दछन् । संरक्षित बन्यजन्तु ब्वाासो संकटापन्न जनावर भएपनि चोरी शिकार र अवैध व्यापारले गर्दा यो लोप हुने अवस्थामा छ । चितवन लगायत संखुवासभा, मुस्ताङ, मनाङ, डोल्पा, कास्की र हुम्ला जिल्लामा पाइने ब्वाासो कुनै बेला प्रत्यक्ष कराएको सुनिने गरेकोमा अहिले हराउादै गएको प्रष्टै छ ।
हिमाली मुलुक भएकाले नेपालमा हिमालमा आश्रित जनावरहरूको अवस्था अझै बढी चासोको विषय हो । नेपालमा ४ सयको हाराहारीमा हिउा चितुवा भएको अनुमान छ, तर यकिन तथ्यांक छैन । जलवायु परिवर्तनका कारण हिउा पग्लने क्रम बढेकोले हिउा चितुवा जस्ता हिमाली जनावरको बासस्थान भत्किादै गएको छ । जलवायु परिवर्तनको असरले मानिसलाई जसरी नै वन्यजन्तुको बासस्थान र जैविक विविधतामा असर पुगेको छ । विश्वमा नै चोरी–सिकार, बासस्थान विनाश, खान्कीको अभाव, मानिस र वन्यजन्तुबीचको द्वन्द्व, सिकार, अंगको अवैधानिक व्यापारका कारण वन्यजन्तु संरक्षणमा चुनौति छ ।
विश्वमा आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा दुई प्रजातिका कालो सालक र तामेसालक पाइने गरेको छ । सालकले वर्षमा सात करोड किरा–फट्याङग्रा खाइदिने भएकाले बालीनालीमा किराको प्रकोप कम हुने र यसले कुनै किसिमको नोक्सानी समेत गर्दैन । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले नेपालमा पाइने २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ ।
नेपालमा पाइने चराहरूमध्ये १९ प्रजातिका लाटोकोसेरा, संसारमै पाइने २३ प्रजातिका गिद्धमध्ये ८ प्रजातिका गिद्ध नेपालमा पाइन्छ । तीमध्ये करिब चार प्रजातिका गिद्ध अति नै संकटापन्न अवस्थामा छन् । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइन्छन् जसमध्ये करिब १ प्रजातिको सर्प मात्र रैथाने प्रजातिका रूपमा रहेको छ । यी मेरुदण्डीय प्राणीबाहेक अरू थुपै प्राणी विविधता नेपालमा पाइन्छ । यहाा अहिलेसम्म लगभग ६ सय ५३ थरीका रङ्गीबिरङ्गी पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी मोथ प्राय: राती उड्ने पुतलीहरू, ५ हजारभन्दा बढी कीरा, २ सय प्रजातिका माकुरा छन् ।
तीमध्ये करिब ३२ प्रजातिका स्तनधारी जन्तु, ३४ प्रजातिका चरा, ९ प्रजातिका सरीसृपहरू र ३ प्रजातिका उभयचरहरू संकटापन्न अवस्थामा छन् । स्तनधारी जन्तुमध्ये रामगाई र पुड्के बादेल नेपालबाट लोप भएको अनुमान गरिएको छ । गुलाबी टाउके हाास, ठूलो सेतो बकुल्ला, होमराई धनेश प्रजातिका चरा नेपालबाट लोप भएका छन् भने थप १ सय २२ प्रजातिका चरा कहालीलाग्दो अवस्थामा छन् । जसमध्ये कैयन् वन्यजन्तु वा प्राणी रैथाने छन् ।
जलवायु परिवर्तनमा वनको भूमिका
विश्वमा रहेको समग्र वन र उक्त वन रहेको स्थानको माटोले हाल १० खरब (१ ट्रिलियन) टनभन्दा बढी कार्वन सञ्चित गरेको छ । यो मात्रा वायुमण्डलमा रहेको कार्वनको मात्रा भन्दा दुई गुणा हो । अर्कोतर्फ हेर्दा यो कार्वनको तौल विश्वभरिका ७ अरब मानिसहरूको (प्रत्येक व्यक्तिको सालाखाला ७० किलोग्राम तौल राख्दा) तौलको २००० गुणा बढी हुन्छ । जब घनत्व तथा क्षेत्रफलका हिसाबले वन बढ्दै जान्छ तब यसले कार्वन लिने र संरक्षण गरी एक ठाउामा राख्ने काम गर्दछ । जसले गर्दा वनमा कार्वन सञ्चिति हुन्छ । यसको विपरीत, यदि सबै वन नष्ट भयो भने हजारौं टन कार्वन वनबाट वायुमण्डलमा उत्सर्जन हुन्छ । यस्तो अवस्थामा यी वन स्रोतहरू कार्वनडाइअक्साइड उत्सर्जनको स्रोतमा परिण हुन्छन् र समग्र रूपमा हरितगृह ग्यासको असर बढाउन योगदान पुर्‍याउादछन् । यसको फलस्वरूप ग्लाबल वार्मिङ बढ्दछ र मौसम तथा जलवायु प्रणालीमा धेरै उतारचढाप आउादछ । त्यसकारणले भएको वनलाई यथास्थितिमा राख्दा वायुमण्डलमा कर्वनडाइअक्साइडको मात्रा कम गर्न सहयोग पुर्‍याएर जलवायु परिवर्तनको असर कम गर्न सहयोग पुर्‍याउादछ ।
प्रतिबर्ष विश्वभरि हुने जम्मा कार्वन उत्सर्जनको १२–१७% भाग कार्वन उत्सर्जन विश्वका विभिन्न भागहरूमा हुने वन विनाशको कारणले हुने गर्दछ । त्यसकारण यदि हामीले हाम्रो वन विनाश गर्‍यौं भने वनले कार्वन सञ्चिति गर्ने काम त परै जाओस् वन क्षेत्रले ओगटेको ठाउामा रहेको वनस्पति, माटो तथा पातपतिंगरमा रहेको कार्वन समेत वायुमण्डलमा उत्सर्जन हुन्छ । फलस्वरूप जलवायु परिवर्तनलाई बढावा दिन थप सहयोग पुर्‍याउादछ ।
वनले हरितगृह ग्यासहरूलाई सोसेर राख्ने मात्र नभई जलवायु परिवर्तनको सामना गर्न धेरैतर्फबाट सहयोग पुर्‍याउादछ । वनले वादललाई व्यवस्थित गर्ने, सूर्यको प्रकाशलाई वायुमण्डलतर्फ फर्काउने, पृथ्वीको सतहमा रहेको पानीलाई वाफमा परिणत गरी वायुमण्डलमा वाफको मात्रा बढाएर हावालाई चिसो बनाउने जस्ता कार्यहरू गर्दछ । त्यति मात्र नभई वनले वातावरणका विविध पक्षमा सहयोग पुर्‍याउनुका साथै त्यसमा आश्रित व्यक्तिहरूको जिविकोपार्जनका आवश्यकताहरूलाई पूर्ति गर्ने र मानव समुदायलाई जलावयु परिवर्तनसाग अनुकूल हुन आफ्ना जिविकोपार्जनका रणनीति तय गर्ने कार्यमा समेत सहयोग पुर्‍याउन सक्दछ । हाल विश्वमा १ अर्ब ६० करोडभन्दा बढी व्यक्तिहरू आफ्नो जिविकोपार्जनका लागि वन स्रोतमा निर्भर रहेका छन् । जलवायुको असर प्रतयक्ष रूपमा परेर बाली उत्पादनमा ह्रास आउने समयमा खाद्यपदार्थ र पोषणको स्रोतको रूपमा वनले खेल्ने भूमिका विशेष महत्वपूर्ण हुन्छ ।
अहिले विश्वमा चलिरहेको कार्बन उत्सर्जन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायु समेटेर गरिएको वातावरणीय हिसावकिताब हो । वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वनजंगल, जललगायत प्राकृतिक स्रोत जोगाइराख्ने हो भने भविष्यमा हाम्रो देश पर्यावरणीय सेवा दिनेमा पर्छ । त्यसैले यो अनुदान पाउन योग्य बन्नेछ । यो हामी नेपालीका लागि गौरवको कुरा हो ।
र, अब नेपालको जैविक विविधता र विशिष्ठतालाई संरक्षण तथा सम्बद्र्धन गरी नेपालमा स्वच्छ वातावरणमा प्रबद्र्धनमा योगदान पुर्‍याउन बर्षको एक दिन होइन सबै दिन वातावरण संरक्षण र सम्बद्र्धनमा लागी पर्नु अहिलेको मुख्य आवश्यकता र हामी सबैको जिम्मेवारी हो । यसका लागि सार्वजनिक जग्गामा बृक्षरोपण भएका बनको क्षेत्रमा बृद्धि, संरक्षण, विकास आवश्यक छ । पछिल्लो समय निजी जग्गामा वन लगाउने क्रम पनि बढेको छ । सरकारले यो सम्बन्धी व्यवस्था सहज बनाई निजी वनलाई प्रोत्साहित गर्न सक्नुपर्छ । वन रहे मात्र जीवजन्तु रहने र वातावरण अनुकुल हुन्छ । यो काम गर्न विद्यालय, समुदा लगायतका तहबाट जनचेतना तथा अन्य रचनात्मक अभियान थाल्नुपर्छ । ठूला कुरा गर्नुभन्दा सानो कामको शुरुवातले परिवर्तन सम्भव छ ।
नत्र वर्षमा एक दिन वातावरण दिवस मनाएर मात्रै हुादैन, आत्मीयताबाट नै समाधान हुने कुरा हुन् यी। उद्देश्य बनाउन मुस्किल हुादैन तर यसलाई सार्थक बनाउन मुस्किल छ । त्यसैले आजैबाट प्रण गरौा कि वातावरणसम्बन्धी सोचौा, बुझौा र बुझाऔा । यो नै वातावरण संरक्षणको अभियान हुनेछ ।
[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर