Aamsanchar

सर्वसम्मत नेतृत्वका लागि विश्वनाथको पहल

Author Image
आइतवार, जेठ २३, २०७३

biswanath g
भद्रपुर ।
राप्रपा नेपाल झापाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनका लागि अग्रज नेता एवम् कार्यकर्ताहरूसाग छलफलमा जुटेका छन् ।
जेठ २५ गते हुने जिल्ला अधिवेशनबाट अध्यक्षमा आफूलाई सर्वसम्मत चयन गराउन र यदि त्यसो नभए निर्वाचन प्रक्रियाबाटै अघि बढ्ने तयारीमा उनी छन् । श्रेष्ठले अध्यक्ष भए गर्ने भनी सार्वजनिक गरेको कार्यक्रमप्रति सम्पूर्ण नेता कार्यकर्ताबाट सकारात्मक प्रतिक्रिया र समर्थन पाएको उनी निकट कार्यकर्ताहरू बताउाछन् ।
यसैबीच पार्टीका वर्तमान अध्यक्ष अमर विष्टले पनि काम गरिरहेको नाताले सो पदमा आफ्नो पनि इच्छा रहेको बताएका छन् । तर अध्यक्षका दावेदार श्रेष्ठले नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । सञ्चारकर्मीसागको सम्पर्कमा उनले भने– ‘नेतृत्व गर्न सबैले पालो पाउनुपर्छ, म प्रष्ट भिजनका साथ कार्यकर्तामाझ गइरहेको छु । मेरो भिजन र लक्ष्य भनेको पार्टीको हितमा भएकोले सबैले समर्थन र सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान कार्यकर्ताको रूपमा श्रेष्ठ परिचित रहेको कार्यकर्ताको भनाइ छ । पार्टीको अधिवेशन महामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ ।
भद्रपुर–८का स्थानीय वासिन्दा श्रेष्ठले आफूलाई राप्रपा नेपालको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पने हो भने बिर्तामोडमा पार्टीको आफ्नै कार्यालय भवन यही कार्यकालमा बनाउने समेत प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । कार्यकाल ४ बर्षको रहनेछ । हाल पार्टी कार्यालय भाडाको घरमा रहेको छ ।
पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलले बिर्तामोडमा प्रदान गरेको १० धुर जग्गामा अरु त्यत्तिनै थपेर पार्टीको भवन बनाएर कार्यालय आफ्नै भवनमा सार्ने अध्यक्षका उम्मेद्वार श्रेष्ठले दोहोर्‍याए । उनले महिला तथा युवाको नेतृत्व र व्यक्तित्व विकास गर्न क्षेत्रीय तथा गाउा स्तरमा प्रशिक्षण अभियान सञ्चालन गरेर महिला र युवा सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगायतका योजना रहेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर