Aamsanchar

गुरुङलाई सरकारले सक्दो सहयोग गर्ने

Author Image
आइतवार, जेठ २३, २०७३

काठमाण्डौं ।

Amber-Gurung

प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

अपराह्न अस्पताल पुगेका उनले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताएका थिए । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत रहेका छन् ।

भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।
गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भने, ‘अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार) कै जस्तो सामान्य छ ।’

गुरुङ गए राति १:३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर