Aamsanchar

झापाबाट महिला लगेर कुवेतमा बेच्ने ६ पक्राउ

Author Image
आइतवार, जेठ २३, २०७३

cheli-Bechbikhan

काठमाडौँ ।

महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले चार महिलालाई काँकरभित्ता हुँदै कुबेत लगेर बेच्ने गरेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा शुक्रबार र शनिबार मोरङ, सुनसरीलगायतका जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा बालकुमारी विश्वकर्मा, बिना तामाङ, नवीन धिमाल, जीवन उराउ, अशोक तामाङ र रुपनारायण राजवंशी रहेका छन् ।

महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले नेपाली र भारतीय व्यक्तिको मिलेमतोमा बाहिर लगेर बेच्न लागेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा दोषीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले एक व्यक्ति पठाएबापत रु दुई लाख ५० हजार लिने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव बेचबिखन गर्ने मानिसको जालो नै रहेछ हामीले थप अनुसन्धान गरिरहेका छौँ ।”

महाशाखाले पाँच महिनादेखि मानव बेचबिखनको मुद्दा हेर्दै आएकामा छ वटा उजुरी दर्ता भएका र छ वटालाई नै मुद्दा चलाएको मरासिनीले बताउनुभयो । उक्त मुद्दामा हालसम्म १८ जना पीडित रहेको र १४ जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर