Aamsanchar

हपहपी गर्मी, स्वास्थ्यको ख्याल गरौं है

Author Image
सोमवार, जेठ २४, २०७३

नरेन्द्र ढकाल 

pti5_23_2015_000122b_1432

झापा ।

झापा विर्तामोडकी दुर्गा प्रसाईको ६ वर्षको छोरा बिहान सबेरै उठेर विद्यालय जान ठिक्क पर्दापर्दै एकासी बान्ता गर्नथाल्यो ज्वरो पनि हनहनी आएपछि हतार हतार गर्दै अस्पताल पु¥याए, त्यस्तै विर्तामोडकै अजिता भण्डारीको ५ वर्षको छोरालाई पनि एकासी हनहनी ज्वरोले सतायो डाक्टरकोमा पु¥याउदा थाहा भयो गर्मीका कारण यस्तो भएको रहेछ भनेर । केही दिन देखि बढेको गर्मीका कारण बालबालिकामा बान्ता हुने, टाँउको दुख्ने, ज्वरो आउने लगायतका समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

मध्य जेठको हपहपी गर्मी । पसिनाले अधिकांशको कपडा निथ्रुक्क भिजेको हुन्छ । अत्यधिक गर्मीका कारण झापा  सहित तराईको जनजीवन प्रभावित बनेको छ । जेठ पहिलो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गर्मीले तापक्रम बढेसँगै मानिसमा टाउको दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, झाडा पखला लगायतका समस्या देखा परेका छन् । गर्मीमा आफ्नो स्वास्थ्यको ख्याल गर्न ऊँ झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले सुझाव दिएका छन् । फलफुल प्रशस्त मात्रामा खान आग्रह गर्दै सकेसम्म गर्मी मौसममा हिडडुल नगर्न आग्रह गरे । गर्मीमा स्वास्थयमा समस्या उत्पन्न हुने भएकाले आफ्नो स्वास्थयको ख्याल गर्न डाक्टरहरुको सुझाव छ ।

जिल्लाका अस्पताल र ग्रामिण ठाउँमा रहेका स्यास्थ्य चौकीमा गर्मीका कारण एकसय बढी बिरामीहरु दैनिक उपचारको लागि पुग्ने गरेका छन् । गर्मीका कारण विशेषगरी बालबालिका र बृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् । बजारक्षेत्रमा मानिसको चहलपहल निकै कम देखिने गरेको छ । बिजुली नहुँदा र भएपनि कम भोल्टेजले गर्दा पंखा नचल्दा थप समस्या परेको छ । गर्मीका समयमा घाममा धेरै नहिँड्न, प्रशस्त पानी लगायत झोलिलो पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन् ।

कांकरभिट्टा, धुलाबारी, विर्तामोड, सुरुङ्गा, दमक, भद्रपुर लगायका शहरहरुमा दिउँसोको समयमा ग्रहाक नै नआउने गरेको ब्यवसायीहरुले बताएका छन् । किनमेलका लागी बिहान र बेलुकाको समयमा मानिसको चहलपहल बढेपनि दिउँसो मानिस शितलको खोजिमा बढी ब्यस्त हुने गरेको विर्तामोडकी पुष्पा न्यौपानेले बताइन् ।

गर्मीका कारण झापाका अस्पतालहरुमा झडापखला, छाला, आँखा लगायत सम्बन्धि रोगका विरामीहरुको चाप समेत बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । झापाका अधिकांश अस्पतालहरुमा बालबालिका र वृद्धवृद्धाहरु विरामी भएर आउने क्रम बढ्दै गएको डाक्टरहरुको भनाई छ ।
गर्मीमा सकेसम्म घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओडेर मात्र हिड्न जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले सुझाव दिएका छन् । यो समयमा छाला र आँखासम्बन्धि रोग लाग्ने भएकाले चिसो र सफा पानीले आखाँलाई भिजाउन र दैनिक १० पटक सम्म अनुहार धुन सुझाव दिए ।

उनले भने–यो मौसममा प्रशस्त मात्रामा पानी पिउनु पर्छ, तर पानी पिउने भन्दैमा जथाभावी र जुनसुकै स्थानको पानी हुदैन्, सकेसम्म पानी उमालेर मात्र पिउनुपर्छ । उनले आखाँलाई घामबाट जोगाउन चस्माको प्रयोग गर्न आग्रह गरे  । यसैबीच गर्मी बढेसगै झापाका अधिकांश स्थानमा चिसो पेय पर्दाथको कारोबार बढेको ब्यवसायीहरुले बताएका छन् ।  स्वास्थ्यका लागी पेय पदार्थ फाइदाजनक नभएको डाक्टरहरुको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मेहतले पेयपदार्थहरुले स्वास्थ्यमा नकरात्मक असर गर्ने भएकाले उक्त पदार्थहरु सेवन नगर्न आग्रह गरे । उनले प्रशस्त मात्रामा पानी पिउन सुझाव दिए ।
यता विर्तामोड, कांकरभिट्टा, दमक लगायत स्थानमा राखिएका फलफुलको रस सेवन गर्नेको संख्यामा समेत वद्धि भएको ब्यपारीहरुले बताएका छन् । त्यस्तै झापा सहित तराईका जिल्लाहरुमा गर्मी बढेसंगै पहाडी जिल्लाहरुमा घुम्न जानेको संख्यामा वृद्धि भएको जनाइएको छ । झापामा गर्मी बढेपछि इलाम तथा पाँचथर, ताप्लेजुङ सम्मको यात्रामा निस्केको झापाका इश्वर खनालले बताए ।
यसैबीच इलामका होटलहरुमा झापाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु आउने क्रम बढ्दै गएको बताइएको छ । यसैबीच जेठको अन्तिम सातासम्म पनि वर्ष सुरु नभएको तथा चर्को घाम लागेर हपहपी गर्मी भएका कारण किसान भने चिन्तित भएका छन् । असर महिनामा रोपाई गर्नका लागी धानको बिउ राखेपनि ब्याड्मा नै मर्ने अवस्थामा पुगेको महाभाराका उमेश राजवंशीले बताए । पानीको अभावमा ब्याडमा पानी लगाउन नपाएको तथा गर्मीमा पानी पनि तातो हुनेभएकाले समस्या उत्पन्न भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)