Aamsanchar

बजेट पारितपछि भद्र सहमति लागु हुन्छ

Author Image
सोमवार, जेठ २४, २०७३

पोखरा ।

Prachanda_173321427

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि एमालेसंग भएको भद्र सहमति कार्यान्वयनमा आउने दावी गर्नुभएको छ । भद्र सहमति गर्ने २ पक्ष विश्वास र समझदारीमा चल्ने भन्दै उहाँले नभए सहमति तोडिने बताउनुभयो ।

पोखरामा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसंग ९ बुँदे सहमतिपछि त्यो रोकिएको र त्यहाँभित्र अर्को ‘भद्र सहमति’ भएको बताउनुभयो ।

केही समय अघि सरकार परिवर्तन हुने कुराले देशमा तरंग ल्याएको अध्यक्ष दाहालको भनाई थियो । भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, संविधान जारीपछिको मधेशी, आदिवासी, जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

साथै संघियता, धर्म निरपेक्षता, सामाजिय न्याय, समानुपातिक समावेशीताको कार्यान्वयन अहिलेको चुनौति भएकाले यसको समाधानमा पनि राष्ट्रिय सहमति आवस्यक रहेको दाहालको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)