Aamsanchar

युवा फर्निचर व्यवसायतर्फ आकर्षित

Author Image
मङ्गलवार, जेठ २५, २०७३

ताप्लेजुङ ।

index
ताप्लेजुङको विकट खेवाङ गाविसका युवा फर्निचर व्यवसायतर्फ आकर्षित भएका छन् ।

गाउँमा विद्युत् उत्पादन सुरु भएसँगै फर्निचरको माग बढेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । फर्निचर लागि आवश्यक काठ प्रसस्त पाईने र निर्माणका लागि विद्युतीय उपकरण पनि चलाउन सकिने भएकाले अधिकांश युवा यसतर्फ लागेका छन् ।

बाक्लो बस्ती भएको खेवाङमा यातायातको सुविधा भएपछि निर्माण गरिएका सामाग्री बिक्री गर्न सहज भएको उनीहरुको भनाइ छ ।
घरेलु तथा साना उद्योग समितिको कार्यालय ताप्लेजुङको सहयोगमा आत्मनिर्भरता अभियान श्री नेपाल विराटनगरले फर्निचर व्यवसायी शीप विकास तालिमसमेत दिएको छ ।
तालिमले युवालाई थप प्रेरणा मिलेको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर