Aamsanchar

सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्य 

Author Image
बुधवार, जेठ २६, २०७३

पथरी ।
timthumb

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।

मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताउनुभयो । सरकार परिवर्तनको खेलमा लागे त्यो देश र जनताका लागि दुर्भाग्य हुने उहाँको कथन थियो । सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “अब सबै दल मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ ।” अन्य मुलुकमा सरकार पूरै अवधि टिक्ने गरेकै कारण विकास भएको उहाँको तर्क थियो । उहाँले काँग्रेस अब सरकारमा नगई बलियो प्रतिपक्षकै भूमिकामा बस्नुपर्ने बताउनुभयो । “संसदीय शासन प्रणालीमा बलियो प्रतिपक्ष आवश्यक पर्छ,” कोइरालाले भन्नुभयो, “त्यो भूमिका काँग्रेसले निर्वाह गर्छ ।”

स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले आरोप लगाउनुभयो । “सरकारले काम गर्न सकेन भनेर ढाल्नेतिर लाग्नु हुँदैन,” उहाँले भन्नुभयो, “प्रतिपक्ष दलले जहिले पनि सरकारका कमीकमजोरीलाई जनताबीच लिएर जानुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)