Aamsanchar

घरभित्रै मृत भेटिए खड्का

Author Image
बुधवार, जेठ २६, २०७३

ताप्लेजुङ।

mm

ताप्लेजुङको फुरुम्बु गाविसमा एकजना घर भित्रै मृत अवस्थामा फेला परेका छन् । फुरुम्बु–१ घर भएका ४२ वर्षीय लालबहादुर खड्का शरीरका विभिन्न भागमा चोटग्रस्त भई मृत अवस्थामा घरमा नै फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

जिल्ला सदरमुकाम फुङ्लिङमा डेरा गरी परिवारसँगै बसोबास गर्दै आएका खड्का घरायसी कामका लागि सोमबार साँझ घर गएको र राति अबेरसम्म परिवारको सम्पर्कमा नै रहेका थिए । राति ११ बजेसम्म टेलिफोन सम्पर्कमा रहेका उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घरको ढोकाको भित्रि भागमा नै चुकुल लगाएको साथै झ्याल खुल्लै रहेको अवस्थामा चोटग्रस्त भई मृत भेटिनुले कोहीकसैद्वारा हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनास्थल सदरमुकामदेखि झन्डै पाँच घन्टाको पैदल दूरीमा रहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर