Aamsanchar

चन्दा सङ्कलन गरेर कार्यालय निर्माण

Author Image
बिहिवार, जेठ २७, २०७३

 

ताप्लेजुङ।images

ताप्लेजुङको खोक्लिङमा शेर्पा समुदायले चन्दा सङ्कलन गरेरै रु १५ लाख बढीको लगानीमा दुईकोठे कार्यालय भवन निर्माण गरेका छन् ।

नेपाल शेर्पा सङ्घ खोक्लिङको कार्यालय व्यवस्थापनका लागि स्थानीय शेर्पा समुदायले चन्दा सङ्कलन गरी भवन निर्माण गरेका हुन् ।

दुईतले भवन निर्माणका लागि खोक्लिङ–९ का लालबहादुर शेर्पा र श्रीमती रिञ्जिमा शेर्पाले रु दुई लाख बराबरको एक रोपनी नौ आना जग्गा निःशुल्क दिनु भएको थियो । सोही ठाउँमा नै उक्त भवन निर्माण गरिएको हो ।

भवनको बुधबार एक विशेष कार्यक्रमका बीच उद्घाटनसमेत गरिएको छ । नेपाल शेर्पा सङ्घका केन्द्रीय सदस्य पासाङरीता शेर्पाले भवनको उद्घाटन गर्नुभएको स्थानीयवासी पेम्बा शेर्पाले बताउनुभयो ।

यसअघि आफ्नै भवन नहुँदा समस्या झेल्दै आएका शेर्पा समुदायलाई भवन निर्माणपछि कार्यालय व्यवस्थापनमा सहज भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर