Aamsanchar

कुशल उद्घोषक बन्ने प्रतिवद्धता

Author Image
बिहिवार, जेठ २७, २०७३

t afinal

 

बुधवारे ।
झापाको बुधवारेमा सञ्चालित पाच दिने उद्घोषण तालिम विहीबार सम्पन्न भएको छ ।
ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा सञ्चालित तालिममा २० जना सहभागी रहेका थिए ।
तालिममा पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, तथा चन्द्रकान्त ढकाल र तुलसीप्रसाद निरौलाले उद्घोषण कला सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष तोयानाथ घिमिरेको अध्यक्षतामा भएको तालिम समापनमा प्रमुख अतिथि बुधबारे गाविस सचिव बाशुदेव भट्टराईले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

उपाध्यक्ष भीमकुमारी राईले स्वागत गरेको कार्यक्रममा सहभागी मध्येबाट लता आचार्य र डिल्लीप्रसाद पोखरेलले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन भीमा अधिकारी र सिर्जना बरालले गरेको संस्थाकी कोषाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
सो अवसरमा लता आचार्यले गीत प्रसतुत गरेकी थिइन् ।
सहभागीले तालिममा सिकेको ज्ञान र सीप उपयोग गरेर व्यवहार परिवर्तनका साथै कुशल उद्घोषक बन्ने प्रतिवद्धता व्यक्त गरेको सहभागी मन्दिरा थापा कडेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर