Aamsanchar

बजेट अभावमा औषधि खरिद भएन

Author Image
शनिवार, जेठ २९, २०७३

पाँचथर ।

पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ ।

पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा कम भएकाले बिरामीले मागअनुसारको औषधि पाउन नसकेका हुन् ।

अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले वर्षभरि पु¥याउने गरी बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताउनुभयो ।

बिरामीको चाप दोब्बर भए पनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा आवश्यकताअनुसार औषधि नपाएको साहको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्यास्टिक, उच्च रक्तचाप र बाथ रोगका बिरामीले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।

आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रले गत आवमा १० हजार ९०० दीर्घरोगीले उपचार गराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर