Aamsanchar

इलाममा सशस्त्र द्वन्द्वका ११८ उजुरी

Author Image
शनिवार, जेठ २९, २०७३

इलाम ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका हुन् ।

तीमध्ये सत्य निरुपणमा १७७ र बेपत्ता छानबिनमा ११ वटा उजुरी दर्ता भएका छन् । जसमा विस्थापित ४१, हत्या ३७, मानसिक तथा शारीरिक यातना ५४, नजरबन्दी दुई, सम्पत्ति कब्जा÷क्षति ३७, शारीरिक यातना, अङ्गभङ्ग तथा आर्थिक २४ र अपहरण मुद्दामा १२ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालय इलामले जनाएको छ । पछिल्लो पटक प्रहरी सेवाबाट निलम्बनमा परेको भन्दै चार वटा उजुरी दर्ता भएका छन् ।

आयोगले आगामी असार २ गतेसम्म उजुरी लिने समयसीमा निर्धारण गरेको छ । शान्ति समितिको कार्यालयबाट एक हजार २०० उजुरी फारम पीडितले लगेको र दर्ता हुन आउने क्रम जारी रहेको स्थानीय शान्ति समिति कार्यालयका सचिव डीकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर