Aamsanchar

सुरुङ्गामा ट्रिपरको ठक्करबाट वालकको मृत्यु

Author Image
शनिवार, जेठ २९, २०७३

सुरुङ्गा (झापा) । पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको सुरुङ्गा सडक खण्डमा आज ट्रिपरको ठक्करबाट एक वालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–८निवासी प्रेमप्रसाद गिरीका ८ वार्षीय छोरा स्पर्श गिरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पैदल हिाडिरहेका वालकलाई पूर्वबाट पश्चिम तर्फ जाादै गरेको ना ३ ख ८६६१ नम्वरको ट्रिपरले ठक्कर दिएको बताइएको छ । ट्रिपरको ठक्करबाट गम्भीर घाइते बनेका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण तुङ्ग बिर्तासिटी हस्पिटल पुर्‍याइएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वालकलाई ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर