Aamsanchar

स्थायीका लागि परीक्षा माग गर्दै अस्थायी शिक्षक आन्दोलनमा

Author Image
शनिवार, जेठ २९, २०७३

teacher

 

काठमाडौँ ।

स्थायीको परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै अस्थायी शिक्षकले आज विरोध ¥यालीको आयोजना गरेका छन् ।

अस्थायी शिक्षक आन्दोलन समितिको आयोजनामा भएको उक्त विरोध ¥याली शान्तिवाटिकाबाट भद्रकाली, सहिदगेट हुँदै पुनः शान्तिवाटिकामा आई कोणसभामा परिणत भएको थियो ।

¥यालीमा अस्थायी शिक्षकहरुले ‘२०६३ सालको शिक्षा ऐनमा भएका अस्थायी शिक्षकको व्यवस्था कार्यान्वयन गर’, ‘सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले भन्नुभयो – “विसं २०६३ सम्मका अस्थायी शिक्षकलाई परीक्षा दिन लगाउने र सफल हुन नसकेकालाई पनि अन्यसरह नै सेवा सुविधा दिने कुरामा अदालतले समेत परमादेश जारी गरिसकेको थियो । हामी त्यही आदेशको कार्यान्वयन कुरेर बसेका थियौँ । अहिले आएर गोल्डेन हेनसेकको प्याकेज ल्याएको छ, यसले हामीलाई झन मर्माहित पारेको छ ।”

शिक्षा ऐन ९आठौँ० संशोधन विधेयकमा उल्लेख भएअनुसार अस्थायी शिक्षकले प्रतिस्पर्धा वा अवकासमध्ये एक रोज्न पाउने व्यवस्था छ । २०७२ असोज २ गतेसम्म अस्थायी नियुक्ति लिएका शिक्षकले सरकारले दिएको गोल्डेन हेनसेकको दुई विकल्पमध्ये एक रोज्न पाउनेछन् । अवकाश रोज्नेले पाँच वर्षदेखि १० वर्षसम्म अस्थायी रहेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब, १० देखि १५ वर्षसम्म काम गरेका शिक्षकले एक महिना बराबरको र १५ वर्षभन्दा बढी काम गरेका शिक्षकले डेढ महिना बराबरको रकम पाउने छन् ।

अवकाश छाडेर प्रतिस्पर्धा रोज्ने अस्थायी शिक्षकले भने उक्त कुनै सुविधा पाउने छैनन् । शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट यही जेठ २२ गते पारित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर