Aamsanchar

विद्यालयमा खुकुरी हानाहान

Author Image
आइतवार, जेठ ३०, २०७३
भीमदत्तनगर-
Bidhyalaya-433x240
विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको झडपमा परी बझाङमा पाँच जना घाइते भएका छन् ।
यहाँको पाटादेवल गाविसस्थित पाटादेवल मावि व्यवस्थापन समितिका अध्यक्षको निर्वाचनका विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) पक्षबीच खुकुरी हानाहान हुँदा दुवैतर्फका गरी घाइते भएको प्रहरीले जनाएको छ।
शुक्रबार भएको अभिभावक भेलाले कांग्रेस निकट तिलक खड्कालाई अध्यक्ष बनाएपछि रुष्ट भएका अध्यक्षका अर्का दाबेदार प्रकाश खड्का पक्षले विद्यालयका प्रअ प्रकाश थापाका आफन्तलाई कुटपिट गरी घाइते बनाएका थिए ।
“अध्यक्ष निर्विरोध रुपमा चयन भएपछि अर्को पक्ष आक्रमणमा उत्रिएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने-“यो दुई पार्टीको असहमति जस्ते देखिन्छ ।”

त्यसैगरी शनिबार घाइते भएको पक्षले पुनः कुटपिट गर्दा प्रकाश पक्षका तीन जना घाइते भएका छन् । पाँचै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जनाइएको छ । झडपमा संलग्नताको आरोपमा प्रहरीले दुवै पक्षका आठ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)