नेपालमा केही वर्षदेखि सगरमाथा क्षेत्रमा २३ हजार फिटको उचाईबाट हामफालेर मनोरञ्जन लिइने साहसिक खेल ”स्काईडाइभ’ सञ्चालन हुँदै आएको छ।
-
.
विश्वकै साहसिक खेलमध्य एक मानिने ‘स्काईडाइभ’ नेपालमा सन् २००८ देखि सुरु भएको हो। तस्वीरहरु: एक्सप्लोर हिमालय
-
.
नेपालमा सगरमाथा क्षेत्र र पोखरामा वर्षको दुईपटक ‘मे’ र ‘नोभेम्बर’ महिनामा स्काईडाइभ आयोजना गरिन्छ।
-
.
सगरमाथामा स्काईडाइभ गर्न ३७८० मिटरको उचाइमा रहेको स्याङबोचे पुग्नुपर्छ जहाँबाट स्काईडाइभ गराउने टोलीहरु हेलिकप्टरमा सगरमाथा पुग्छन्।
-
.
स्काईडाइभ गर्नका लागि छुट्टै ‘जम्पसुट’ बनाउनुपर्छ र मुखमा अक्सिजन मास्कसमेत राख्नुपर्छ। करिब १५ मिनेट हेलिकप्टरमा उडेपछि ‘स्काईडाइभ’ गर्ने समय आउँछ।
-
.
स्काईडाइभ ‘ट्यान्डम मास्टर’ ले गराउँछन् जसले आफूलाई बाँधेको बलियो फित्तालाई अर्का डाइभरसँग कसिलो गरि बाँध्छन्।
-
.
करिब २३ हजार फिटको उचाइमा पुगेपछि पहिला फोटो र भिडियो ग्राफरले एकल डाइभ गर्छन् त्यसपछि ट्यान्डम मास्टरले आफूसँग फित्ता बाँधेका अर्का व्यक्तिलाई हेलिकप्टरबाट सँगै झार्छन्।
-
.
हेलिकप्टरबाट झरेपछि प्यारासुट नखोल्दासम्मको समयलाई ‘फ्रि फल’ भनिन्छ जुन समयमा स्काईडाइभरले हावामा झरिरहेको भन्दा पनि तैरिरहेको महसुस गर्छन्।
-
.
विश्वमै खर्चिलो मानिने यो साहसिक खेल दुईजना वा एक्लै गर्नसकिन्छ। सगरमाथामा स्काइडाइभका लागि २२ लाख देखि ३५ लाख रुपैयाँ सम्म लाग्छ भने पोखरा स्काईडाइभका लागि ७५ हजार रुपैँया लाग्छ।
-
.
करिब ४० सेकेण्डसम्म ‘फ्रि फल’ गरेपछि ‘ट्यान्डम मास्टर’ ले तल आउनका लागि प्यारासुट खोल्छन्।
-
.
करिब ५/६ मिनेट प्यारासुटमा उडेपछि हेलिकप्टरबाट हाम फालेका स्काईडाइभरहरु स्याङ्बोचेमै आएर अवतरण गर्छन्।
-
.
स्काईडाइभिङ गर्ने अधिकांशले त्यस्तो उत्कृष्ट अनुभव जीवनमा विरलै गर्न पाइने बताउने गरेका छन्।