Aamsanchar

युरोकपको रौनक बढ्दै/ आज पनि तीन खेल

Author Image
सोमवार, जेठ ३१, २०७३
झापा ।
a
युरोकपमा आज राती बिभिन्न तीन खेल हुदैछन् । स्पेन र चेकरिपब्लिक, स्विडेन र आयरल्याड तथा ईटली र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।
 
ग्रुप डि अन्र्तगत स्पेन र चेक रिपब्लिकबिच प्रतिस्पर्धा हुनेछ । दुई राष्ट्रबीचको प्रतिस्पर्धा नेपाली समयानुसार साँझ पौने ६ बजे सुरु हुनेछ । तिन पटक युरो कप उचाली सकेको डिफेन्डिङ च्याम्पियन स्पेन प्रतियोगिताको सर्वाधिक दाबेदार टोली हो ।
 
युरो कपका पछिल्ला दुई संस्करणमा च्याम्पियन बनेको स्पेन उपाधिमा ह्याट्रिक गर्ने दाउका साथ सुरुवाती नतिजा नै सुखद बनाउने दाउमा छ । सन् १९९४ देखि युरोकपमा भाग लिएयता  चेक रिपब्लिकले सबै जसो संस्करणमा सहभागिता जनाउएको छ । चेकोस्लोभाकियाका रुपमा १९७६ मा युरोकपको उपाधि पनि जितेको ईतिहास पनि चेक टोलीसंग छ ।
 
त्यस्तै ग्रुप ई अन्र्तगत आयरल्याण्ड र स्विडेनपनि आजैराती पौने ९ बजे आमने सामने हुनेछन् । युरो कपमा तेश्रो पटक क्वालिफाई भएको आयरल्याण्डले यसअघि सन् १९८८ र २०१२ मा प्रतियोगीता खेलेको थियो । पहिलो सहभागितामा सन् १९८८ मा ईङग्ल्याण्डलाई हराएर तहल्का मच्चाएको आयरल्याण्ड स्विडेन बिरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । स्विडेन सन् १९९२ मा युरोको सेमिफाईनलसम्म पुगेको थियो । त्यसपछिका दुई संस्करणमा  युरोकपमा छनोट हुन समेत हुन नसकेको स्बिडेन सुखद नतिजाको आशामा मैदान उत्रनेछ ।
आजको तेश्रो खेलमा बेल्जियम र ईटालीबिच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समयानुसार मध्यराती पौने १२ बजे सुरु हुनेछ । विश्वकप ४ पटक उचालेपनि ईटालीले यूरो कपमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । सन्  १९६८ मा युरोकप उचालयता उसलाई त्यस्तो सौभाग्य पुन:प्राप्त भएको छैन ।
 
सन् २००० र सन् २०१२ मा फाईनल पुगेर पनि ईटाली उपबिजेतामै सिमित बनेको थियो ।  बेल्जियमबिरुद्धको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने ईटालीको तयारी छ । त्यस्तै गयराती सम्म्पन खेलमा जर्मनी, पोल्याण्ड र क्रोएसियाले युरोकप फुटबलमा सुखद सुरुवात गरेका छन् । बिश्वविजेता जर्मनीले युक्रेनलाई २–० ले पराजित गर्‍यो । युरोकपमा युक्रेनलाई चौथो पटक पराजित गर्ने क्रममा १९ औ मिनेटमा स्कोडर मुस्तफाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको जर्मनीले दोश्रो गोलका लागी भने ईन्ज्युरी समयसम्म कुर्नुपर्यो ।
 
स्वाईन्स टाईगरले जर्मनीका लागी दोश्रो गोल गरे । जर्मनीले युक्रेनी पोष्टमा प्रहार गरेका ८ प्रहारमध्ये आधा दर्जन प्रहारको युक्रेनी रक्षकले बचाउ गरेका थिए ।
गएराती नै भएको समुह डि अन्र्तगतको पहिलो खेलमा टर्कीलाई १–० ले हराउदै क्रोएसियाले महत्बपुर्ण जित निकालेको हो । खेलको ४१ औ मिनेटमा लुका मोर्डिकले गरेको एकमात्र गोल क्रोएसियाको जितका लागि पर्याप्त भयो ।
त्यस्तै गएराती नै भएको समुह सीको खेलमा पोल्याण्डले उत्तरी आयरल्याण्डलाई १–० ले हरायो । पहिलो खेलमा नै जित निकाल्ने क्रममा ५१ औ मिनेटमा आर्केडिस माईलिकको गोल गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर