Aamsanchar

सिलिन्डर पड्किएर दुई गम्भीर

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

silindar

 

उर्लाबारी (मोरङ) ।

बरफ चिसो बनाउन प्रयोग गरिने कम्प्रेसर सिलिन्डर पड्किएर मोरङको विराटनगर–७ मा सोमबार दिउँसो दुईजना गम्भीर घाइते भएका छन् ।

दिउँसो २ बजे विराटनगर–७ स्थित सञ्जीव अधिकारीको घर भाडामा लिएर आइसक्रिम फ्याक्ट्री सञ्चालन गर्दै आएका ३६ वर्षीय विश्वजित पाल र फ्याक्ट्रीमा कार्यरत मजदुर २६ वर्षीय विरजु सहनी सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइते पालको विराटनगरस्थित गोल्डेन अस्पताल र सहनीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर