Aamsanchar

इटाली स्पेनको विजयी सुरुवात / स्विडेन र आयरल्याण्डले अंक बाँडे

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

झापा ।

images

इटाली र स्पेनले युरोकप फुटबलमा विजयी सुरुवात गरेका छन् । स्विडेन भने आयरल्याण्डसंग बराबरीमा रोकिएको छ ।

समूह ई अन्तगएत गएराती सम्पन्न खेलमा ईटालीले बेल्जियमलाई २–० ले स्तब्ध पार्‍यो । ईटालीको जितमा ईमानुएल जाकेरीनीले ३२ र ग्रार्जियानो पेलेले ईन्ज्युरी समयमा गोल गरे । बल पोजिशन आफ्नो पक्षमा पारेपनि बेल्जियमले गोल भने गर्न सकेन् । मुख्य प्रतियोगिताहरुमा भएको भेटमा बेल्जियमले ईटालीसंग लगातार चौथो हार ब्योहोरेको हो ।

 

त्यस्तै गएराती नै स्विडेन र आयरल्याण्डले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ई अन्तर्गतकै खेलमा ४८ औं मिनेटमा वेस हुल्हानले गोल गर्दै आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाए । ७१ आंै मिनेटमा किरन क्लार्कले आफ्नै पोष्टमा आत्माघाती गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको हो । खेलको अन्तिम समयमा आयरिस टोलीले केही अबसर खेल फालेको थियो ।

 

त्यस्तै गएराती नै सम्पन्न पहिलो खेलमा स्पेनले चेकरिपब्लिकलाई १–० ले हराउदै महत्पूर्ण जित निकालेको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि खेलको ८७ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै टोलीलाई महत्वूुर्ण अंक दिलाउन सफल बने । चेक रिपब्लिकलाई अधिकांश समय दबाबमा राखेपनि स्पेन गोल गर्न भने चुकेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)