Aamsanchar

ढुङगा घर भित्र बर्सिदा परिवारमा सन्त्रास

Author Image
बुधवार, असार १, २०७३

धार्मिक ग्रन्थमा उल्लेख भएको पाहिन्छ कलियुगमा भगवानले कुनै चमत्कार देखाउदैनन । अहिले बिज्ञानले प्रमाण सहित देखाएको चमत्कारलाई सुइकारदै आएका २१ औं सताव्दीमा धेरै मानिसले दैविक चमत्कार हुन्छ भन्दा विश्वास गर्दैनन । नेपाली समाजमा केही बर्गले भने दैविक चमत्कारी लाई सुइकारदै आएको पनी छन । झापा कनकाई नगरपालिका १ कालिमुढामा चन्द्रकला अधिकारीको घरमा केहीदिन देखी अचम्मको दृष्य देखिएकोले परिवारका सदस्यमा त्रास फैलिएको छ ।

Capture त्यो अनौठो घटनाकी पत्रहुन अधिकारी परिवारकी बुहारी बर्ष १७ की पुष्पा अधिकारी ( पवित्रा) उनी घरको कोठाभित्र बस्ता होस या घरभित्रको काम गरेको अवस्थामा घर भित्र ढुङगा बर्सिने गरेको बताउछन अधिकारी परिवार । घर भित्र आएको ढुङगाले बुहारी लाई र आमाजु धनुषालाई पनी लाग्ने गरेको तर लाग्दा नदुखने गरेको बताउछिन धनुषा । बारम्बार घरमा ढुङगा आउन थालेपछी छिमेकी गोकुल भुजेलले यथार्थ के रहेछ भनेर बुझन खोज्दा उनीपनी ढुङगा आएको देखेर अचम्ममा परेको पताउछन । घटनाको बारेमा हल्ला हुन थालेपछी स्थानिय सञ्चार माध्यय हरुमा पनी समाचार आएपछी अहीले अधिकारी परिवारको घरमा अदृष्य शक्ति हो  भनेर बुझन जानेको भिड लाग्न थालेको छ । बुहारी पुष्पालाई अदृष्य रुपमा हानेको ढुङगा पनी संकलन गेरेर राखिएको छ । घटनाको बारेमा घटनाकी पात्र बनेकी  बुहारी पुष्पालाई भेटेर यथार्थ बुझन पुग्दा  पुष्पा घर भेटिईनन । घरमा भएको वेला ढुङगा आउने भएकाले  पुष्पालाई अन्य ठाउमा सार्दा के हुदो रहेछ भनेर उनलाई अधिकारी परिवारले आफन्तको घर बुधबारेमा पठाईएको सासु चन्द्रकलाले बताईन ।  उनी घरमा नभएपछी ढुङगा आउन रोकिएको परिवारका सदस्य बताउछन । घटना सामाजिक चासोको विषय बन्न थालेपछी वास्तविकता के हो भनी   सासु चन्द्रकला, आमाजु धनुषा र छिमेकी गोकुल भुजेल संग घटनाको बारेमा गरिएको कुराकानीको भिडियो  हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर