Aamsanchar

युरोकपमा आजबाट दोस्रो चरणका खेल हुँदै

Author Image
बुधवार, असार १, २०७३

झापा ।

adidas-euro-2016-football-430x316

युरोकप फुटबलमा आजबाट दोश्रो चरणका खेलहरु सुरु हुँदैछन्  । आज समुह ए अन्र्तगत फ्रान्स र अल्वानिया , रोमानिया र स्विजरल्याण्ड तथा समुह बी अन्र्तगत रसिया र स्लोभाकियाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेल नेपाली समयानुसार पौने ६ बजे रसिया र स्विजरल्याण्डबीच हुनेछ । युरोमा यी दुई राष्ट्रबीचको यो तेश्रो भेट हो । यसअघिका दुबै भेटमा रसियाले बाजी मारेको छ ।

त्यस्तै आजको दोश्रो खेलमा रोमानिया र स्विजरल्याण्डबीच नेपाली समयानुसार राती पौने नौ बजे सुरु हुनेछ । दुई राष्ट्रबीचको यो १३ औ भेट हो । यसअघिका १२ भेटमा दुबैले पाँच जित र दुई बराबरी खेलेका छन् ।

आजै हुने तेश्रो खेलमा आयोजक फ्रान्स र अल्वानिया राती पौने १२ बजे आमनेसामने हुनेछन् । यसअघि यी दुई राष्ट्रबीच ६ पटक प्रतिस्पर्धा भैसकेको छ । जसमा ४ खेलमा फ्रान्सको र एकमा अल्बानीयाको जित तथा एक खेल बराबरीमा सकिएको थियो ।

यसैबीच,युरोकप फुटबलमा हंगेरीले सुखद सुरुवात गरेको छ । समुह एफ अन्र्तगत गएराती सम्पन्न खेलमा अष्ट्रियालाई २–० ले हराउदै हंगेरीले प्रतियोगीतामा बिजयी सुरुवात गरेको हो । पहिलो हाफ गोल गोलरहित बराबरीमा सकिएपनि खेलको ६२औं मिनेटमा एडम जलाईले हंगेरीको गोलको खाता खोलेका थिए ।

६६औं मिनेटमा अष्ट्रियाका ड्रागोभिच दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपनि खेलमा हंगेरी हाबी भएको थियो । हंगेरीका लागी खेलको ८७औं मिनेटमा जोल्टान स्टिवरले गोल गर्दै टोलीको जित निश्चित पारे ।
त्यस्तै समुह एफ अन्र्तगतकै खेलमा पोर्चुगल र आईसल्याण्डले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको ३१औं मिनेटमा लुईस नानीले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । दोश्रो हाफको पाँचौ मिनेटमा बिरकिर र्जोनासनले बराबरी गोल फर्काएका थिए ।

पोर्चुगलका स्टाईकर क्रिष्टियानो रोनाल्डोले गरेका १० प्रहारमध्ये केही प्रहार आईसल्याण्डका रक्षकले बचाव गरेका थिए । ७२ प्रतिशत बल पोजिशन भएपनि पोर्चुगीस टोलीले थप गोल भने गर्न सकेन् । उसका २६ प्रहारमध्ये नौ प्रहारले पोष्टको दिशा लिएपनि जाली चुम्न भने असफल रहे ।

यसैबीच, युरोपियन फुटबल महासंघले ईङल्याण्डबिरुद्धको खेलका क्रममा समर्थकहरुले रंगशालामा हुलदंगा गरेपछि रसियालाई १ लाख ५० हजार पाउण्ड जरिवाना तोकेको छ । उसले समर्थकले यस्तो क्रियाकलाप पुन: दोहोर्याए रसियालाई युरोकप प्रतियोगितामा प्रतिबन्ध लगाउने चेताबनी समेत दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर