Aamsanchar

भारततर्फ लैजान लागिएका  तीन युवतीको उद्धार

Author Image
बिहिवार, असार २, २०७३

ledy

 

कञ्चनपुर ।

आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ ।

काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो । “युवतीहरुले सोधपुछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरेका छौँ”, माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले भन्नुभयो । उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर