Aamsanchar

द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार घोषणा

Author Image
बिहिवार, असार २, २०७३

puraskar

बिर्तामोड ।

प्रेस चौतारी झापाले यस वर्ष वितरण गरिने द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार तथा उदीयमान पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि प्रतिभाहरुको छनौट गरेको छ ।

झापा बाहिर रहेर सक्रिय पत्रकारिता गरिरहेका झापाली पत्रकारहरु मध्येबाट पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएका सामुदायिक रेडियोका अभियन्ता, दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा एफएमका सञ्चालक, २०६१ सालको माघ १९ को शाहीकदम विरुद्धको रेडियो बचाउ अभियानका अभियन्ता, सरकार बाहिरका स्वतन्त्र रेडियो सञ्चालन गर्दै ७५ जिल्लामा १२५ रेडियो स्थापना गर्ने कार्यमा सक्रियतापूर्वक संलग्न रघु मैनालीलाई यस वर्षको द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७३) बाट सम्मान गरिने प्रेस चौतारी झापाका सचिव प्रदिप परियारले बताए । पुरस्कारको राशि १५ हजार १ रुपैयाँ रहेको छ ।

अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा २०७३ असार १ गते झापाको बिर्तामोडस्थित प्रेस चौतारीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसैगरी, प्रेस चौतारी झापाद्वारा वितरण गरिँदै आएको उदीयमान पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकारहरु लक्ष्मी नेपाल दमक (हिमशिखर टेलिभिजन), सुनिरा मैनाली बिर्तामोड (साझामञ्च डटकम), अशोक अधिकारी मेचीनगर (जनसंसदलगायतका सञ्चारमाध्यममा कार्य सम्पादन गरेको), आत्मराम राजवंशी गौरीगञ्ज (कोचिला न्यूज डटकम) र  धनकुमार लावती (दिपेन) शान्तिनगर (लोकतन्त्र पोष्ट दैनिक र आगन एफएम) लाई प्रदान गरिने निर्णय गरिएको छ । उदीयमान पत्रकारिता प्रोत्साहन पुरस्कारको राशि जनही ३ हजार ३३३ रुपैयाँ रहेको अध्यक्ष पौडेलले बताए ।

जनपक्षीय नेता, नेकपा एमालेका पूर्व सांसद स्व. द्रोणाचार्य क्षेत्रीको स्मृतिमा प्रेस चौतारी झापाले सो पुरस्कार स्थापना गरेको हो । यसअघि उक्त पुरस्कार लीला बराल, शिव गाउँले र माधब बिद्रोहीले पाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 448

प्रतिक्रिया (०)

सम्बन्धित खबर